२६ असार २०८३, शुक्रबार
,
Latest
गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत पशुपतिमा साउने सोमबारको तयारी सुरु नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटका पत्रकार रवीन्द्र झुण्डिएको अवस्थामा मृत फेला



अ+ अ-

काठमाडौँ । पत्रकार रवीन्द्र प्रजापति मृत भेटिएका छन् । रौतहट कटहरिया नगरपालिका ५ का ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।

झुण्डिएको पासो काटेर परिवारले उनलाई अस्पताल लगेको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

प्रहरीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेको बताइन्छ ।

खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि मेयर जयसवालले धाकधम्की दिँदै गालीगलौज गरेका थिए ।

मेयर जयसवालले दिएको धाकधम्कीका कारण पत्रकार प्रजापति तनावमा थिए । डरले घरबाट उनी बाहिर निस्किन सकेका थिएन् । त्यसैले पनि उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण रहेको स्थानीयको अनुमान छ ।

यता, प्रहरीले भने मेयरले धम्की दिएको थियो भन्ने कुरा थाहा नभएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।