३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै, विधान संशोधनमाथि छलफल हुने



अ+ अ-

काठमाडौं । विधान संशोधनमाथि चर्को बहस चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी एमालेको पोलिटब्यूरो बैठक आज पनि बस्दै छ ।

पार्टी कार्यालय कार्यालय च्यासलमा बैठक बिहान ११ बजे सुरु हुने छ । बैठक हिजो पनि बसेको थियो ।

हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलिसकेका छन् । आज अन्य नेताहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोलेका थिए । उनले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गरेका थिए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।