१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन, पार्टीमा बबन्डर गर्ने कोसिस गर्नु गलत भयो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नै नभएको दाबी गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेर औपचारिक रुपमा एमालेको राजनीतिमा पुनरागमन गरेको घोषणा गरेपछि अध्यक्ष ओलीले सदस्यता नै नवीकरण नभएको दाबी गर्नुभएको हो । गत गत असार १४ गते मदन जयन्तीका दिन पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा फर्किएको बताउनुभएको थियो ।

नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गर्नुभएको हो । उहाँले भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने पनि जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्कने विश्वासका साथ दोस्रो पटक राष्ट्रपति बनाइएको स्मरण गर्नुभयो ।

उहाँले पार्टीमा ठूलो र संगठित हमला भइरहेको जिकिर गर्दै अराजकता रोक्नुपर्ने पनि बताउनुभयो । ‘पार्टीलाई ठूलो र संगठित हमला छ,’ अध्यक्ष ओलीले भन्नुभयो– ‘यही बेला पार्टी भित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो । यो कुरा तत्काल रोकिनुपर्दछ । नरोकिए पार्टीले रोक्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा पुनरागमन गरेर नेतृत्वको दाबी गरेपछि प्रधानमन्त्री ओलीले पार्टीमा बबन्डरको कुरा उठाउनुभएको हो । उहाँले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको र यस विषयमा छलफल हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कसैले उचालेका आधारमा पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने समते बताउनुभयो ।