२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सडक मानवमुक्त बनाउन सरकारले मानवसेवा आश्रमलाई सहयोग गर्नुपर्छ’



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सडक बालबालिका तथा सडक मानवमुक्त राष्ट्र निर्माणका लागि मानवसेवा आश्रमजस्ता संस्थालाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले तेस्रो स्थापना दिवसको अवसरमा आज काठमाडौँको रानीवनस्थित मानसेवा आश्रममा आश्रितलाई भोजन वितरण कार्यक्रममा उहाँले मानवसेवा आश्रमलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका केसीले सरकार आफैँ यस्ता काममा लाग्नेभन्दा पनि यस्ता संस्थालाई नेतृत्व गर्नसक्ने गरी आर्थिक, भौतिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारले यस्ता संस्थाको नियमन गरी सहज सञ्चालनको व्यवस्था गरेमा सकारात्मक प्रतिफल आउने उहाँको भनाइ छ ।

“सडक बालबालिकामुक्त बनाउने भनेर हामीले लामो समयदेखि भनिरहेका छौँ, आज मानवसेवा आश्रमको कामबाट म प्रभावित भएको छु, यसरी असक्त मानवलाई लिएर सेवा गर्नु भनेको सरकारलाई पनि योगदान गर्नु हो”, उहाँले भन्नुभयो । नेता केसीले आश्रमलाई अगाडि बढाउन आफूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रमको वर्तमान अवस्था, भवन निर्माण र नेपाललाई सडक मानवमुक्त बनाउनका लागि भावी योजनाबारे जानकारी गराउनुभएको थियो  ।

नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले होटल व्यवसायीको धर्म भनेकै गाँस र बास भएकाले आश्रमका असहायलाई खाना खुवाएर स्थापना दिवस मनाउन पाउँदा हर्षित भएको बताउनुभयो ।

अशक्त, असहाय र परिवारविहीन सडक मानवलाई सेवा दिने मानवसेवा आश्रमको २१ जिल्लामा २७ वटा शाखा रहेका आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिनुभयो । हाल देशभरका आश्रममा एक हजार ९२५ जनाभन्दा बढी असहायले आश्रय लिइरहेका छन् । तीमध्ये एक सय ६५ जनाभन्दा बढी बालबालिका छन् । रासस