२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौँ । गायिका देविका बन्दनाको म्युजिक भिडियो ‘सोलुको मैच्याङ’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सङ्गीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईलगायतको उपस्थितिमा म्युजिक भिडियो प्रिमियर गरिएको हो ।

त्यस अवसरमा गायिका देविका बन्दनाले आफूले सोलुखुम्बुको पर्यटन तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले सोलुको मैच्याङ सृजना गरेको बताउनुभयो । “केही समयअघि चीन जाँदा सोलुखुम्बुका जनप्रतिनिधिहरुसँग भेट भएको थियो, उहाँहरुसँगको साक्षात्कारबाट त्यहाँको कला, संस्कृति र पर्यटनबाट प्रभावित भएकी थिए, सोही समयमा सोलुखुम्बुका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो”, उहाँले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले म्युजिक भिडियोमा सोलुखुम्बु झल्किएको उल्लेख गर्दै म्युजिक भिडियो तयार पार्नु हुने गायिका देविका बन्दनाप्रति आभार व्यक्त गर्नुभयो । “गीतमा व्यक्त भएका शब्द मर्मस्पर्शी छन्, समग्र जिल्लाको प्रचारप्रसार हुने गरी पुनः छायाङ्कन गर्ने हो भने हाम्रो गाउँपालिकाले खर्च बेहोर्ने छ, यसबाट जिल्लाको पर्यटन र संस्कृति प्रवर्द्धन हुन्छ भन्ने मलाई विश्वास छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ कलाकार तथा विशिष्ट अतिथि मदनकृष्ण श्रेष्ठले क्यान्सरजस्तो रोगलाई जितेर फेरि कलाकारितामा सक्रिय हुनुभएकी कलाकार देविका बन्दनाप्रति आभार व्यक्त गर्दै गीतको सफलताको शुभकामना दिनुभयो ।

उक्त गीतको शब्द देविका बन्दनाले रचना गर्नुभएको हो भने गायनमा देविकालाई सोही गीतका सङ्गीतकार तथा एरेञ्जर किरण कँडेलले साथ दिनुभएको छ । कमल राईको निर्देशन रहेको म्युजिक भिडियोमा सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङले मोडलिङ गर्नुभएको छ । उक्त गीत देविका बन्दना नामक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

कलाकारहरु सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङ, किरण कँडेललगायतले गीतबारे चर्चा गर्नुभयो । उहाँहरुले गीतमार्फत सोलुको पर्यटन तथा संस्कृतिको प्रचारप्रसारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा गायिका देविका बन्दनाले म्युजिक मिडियो छायाङ्कन भएको कदम्पा गुम्बाका प्रतिनिधिलाई आर्थिक सहयोग उपलब्ध गराउनुभयो । हाल उक्त गुम्बामा करिब सात सय बालबालिका अध्ययनरत छन् ।

गायिका बन्दनाले हालसम्म १०० भन्दाबढी चलचित्रमा गीत गाइसक्नुभएको छ । उहाँका ‘भरे आउँछु सपनीमा…’, ‘यस्तै रहेछ यहाँको चलन…’, ‘तल तल तल तल बेँसीमा मैच्याङ…’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती…’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला…’ लगायतका गीत सयौँ चर्चित गीत छन् ।