२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा दल दर्ता तर पार्टीभित्रै वरीयता विवाद



अ+ अ-

काठमाडौं स् जनता समाजवादी पार्टी (जसपा)आइतबार निर्वाचन आयोगमा दर्तासँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको वरीयता तल झरेको छ। पार्टीमा तीन अध्यक्ष रहने सहमतिसँगै आइतबार निर्वाचन आयोगमा दल दर्ता भएर कानुनी मान्यता पाए पनि पार्टीभित्रको वरीयता विवाद भने टुंगिएको छैन। आयोगमा बुझाएको दस्ताबेजअनुसार जसपाको पहिलो वरीयतामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर रहने भएका छन् भने दोस्रो वरीयतामा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्। पार्टीभित्र यादव र ठाकुर दुवै कार्यकारी अध्यक्ष रहने सहमति भएको छ। आइतबार वरीयता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको हो। निर्वाचन आयोगमा दर्ता गर्नुअघि डा. भट्टराईलाई दोस्रो वरीयताको अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा पुग्दापुग्दै उनी एकैपटक चौथो नम्बरमा झरेका हुन्। उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राईभन्दा तल अर्थात् चौथो क्रमको वरिष्ठ नेता भनिएको छ। उनलाई संघीय परिषद्को अध्यक्ष भनिएको थियो।

तत्कालीन समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई भने चौथो वरीयतामा रहे पनि यो मिल्दै जाने प्रक्रियाअन्तर्गत रहेको जानकारी नेताहरूले दिएका छन्। उनलाई संघीय अध्यक्ष बनाउने सहमति भने पार्टीभित्र कायमै छ। यसअघि उनलाई पहिलो वरीयतामा राखिएको थियो। तर, दल दर्ताअघि भएको वरीयता विवादका कारण भट्टराईलाई चौथो वरीयतामा झारिएको एक सदस्यले जानकारी दिए। शनिबार र आइतबार चलेकोे छलफलपछि पार्टी दर्ता गर्न निर्वाचन आयोग पठाइएको हो। कार्यसमिति र केन्द्रीय नेतृत्वको वरीयतामा सहमति गरेर कागज तयार गर्दा ठाकुर, भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा दर्ता गर्दा डा। भट्टराईलाई अशोक राईपछिको वरिष्ठ नेता बनाइएको जसपाका नेताहरूले बताए। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम छ। उनलाई संसदीय दलको नेता पनि बनाउने सहमति भएको छ।

जसपाले आयोगमा बुझाएको निवेदनअनुसार पार्टीमा एकजना संघीय अध्यक्ष र दुई जना कार्यकारी अध्यक्ष रहने सहमति भए पनि डकुमेन्टमा त्यस्तो देखिँदैन। पार्टीमा तीन अध्यक्षमध्ये पहिलो वरीयतामा महन्थ ठाकुर, दोस्रोमा भट्टराई र तेस्रोमा उपेन्द्र यादव रहेका थिए। चौथोमा राई रहेकामा दर्ता गर्ने क्रममा भने चौथो पूर्वप्रधानमन्त्रीसमेत रहिरसकेका डा। भट्टराई परेका हुन्। एकतापछिको पहिलो काम सकिएको जसपाका नेता महेन्द्र राय यादवले जानकारी दिए। ‘निर्वाचन आयोगमा दल दर्ता गरिहाल्नुपर्ने थियो त्यसैले अहिले यही सहमति भएको हो, अरू कुरा मिल्नेक्रम जारी छ’, उनले भने, ‘हामीले लगातार छलफल गरिरहेका छौँ, अब केही समयमै पार्टी एकीकरण टुंगिन्छ।’ राजपा र समाजवादी पार्टीले वैशाख १० गते मध्यरातमा एकता घोषणा गरेका थिए। घोषणाको भोलिपल्ट दुवै दलका नेता निर्वाचन आयोग पुगेर जनता समाजवादी पार्टी गठन गरेको जानकारी दिइसकेका थिए। जसपामा जम्मा ५३ जनाको कार्यसमिति हुने भएको छ। जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २७ र समाजवादी पार्टीबाट २६ जना सदस्य छन्। अन्नपुर्णपोष्ट दैनिक




भर्खरै