६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ। भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
अहिले पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने कार्य जारी रहेको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्माण विज्ञ राजुमान मानन्धरले पोखरीको पिँधमा पहिलो तहमा बालुवा छर्ने, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो तहमा प्रताप मल्लका पालाका ‘महापा’ इँटाले सोलिङको काम भइरहेको छ भन्नुभयो । ‘महापा’ इँटा भक्तपुरको दक्षिण बराहीबाट मगाइएको छ । उनका अनुसार पोखरीको पिँधमा सोलिङको काम सम्पन्न भइसकेपछि पोखरी क्षेत्रमा जडान गरिएको बोरिङबाट पानी राखिने काम सुरु गरिनेछ ।

पोखरी क्षेत्रमा दुईवटा बोरिङ जडान गरिएका छन् । बोरिङ चलाउन ‘थ्री फेज’ विद्युत्को लाइन आवश्यक पर्छ, जसको जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग औपचारिक प्रक्रिया सुरु भइसकेको छ । त्यसैगरी टुँडिखेलमा रहेको इनारबाट पनि पानी तानिनुका साथै आकाशे पानी सङ्कलन गर्न रानीपोखरी क्षेत्रमा ‘रेन वाटर हार्भेस्टिङ’ प्रणाली जडान गरिएको छ । वर्षाको समयमा सडकको पानी पोखरीमा पस्न नपाउने गरी निर्माण गरिएको उनले बताए । अब रानीपोखरीको पानी सफा हुने उनले स्पष्ट पारे ।

तीन करोड लिटर पानी
रानीपोखरीमा कुल तीन करोड लिटर पानी राखिने योजना रहेको प्राधिकरणका निर्माण विज्ञ मानन्धरले बताए। पोखरीमा पाँच फिट चार इन्च पानीको गहिराइ रहनेछ । पोखरीको पुरातात्विक महìवलाई ध्यान दिँदै पूर्ण रूपमा निर्माणको कार्य प्रताप मल्लको पालाको जस्तै गरी बनाइएको छ । उनले छड, सिमेन्ट लगायत कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग नगरिएको स्पष्ट पारे । उनका अनुसार पोखरीको भित्ता निर्माणमा ‘महापा’ इँटाको प्रयोग गर्ने गरिएको र प्रताप मल्लको पालाको नमुना अनुसार ‘महापा’ इँटालाई माछाकाँडे आकारको कटिङ गरी बिच्छ्याउने काम भइरहेको छ ।

मानन्धरले पोखरी सुन्दर बनाउने क्रममा पोखरीभन्दा माथि दुई तहमा काम भइरहेको छ । एउटा तहमा इँटा छाप्ने काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । भित्ताको काम सम्पन्न भइसकेको छ । त्यसैगरी दोस्रो तहमा ढुङ्गा छाप्ने काम मात्र बाँकी छ । ढुङ्गा छाप्ने काम अबको केही दिनभित्र सुरु हुन्छ भने । दोस्रो तहमा निर्माण भइरहेका आठवटा भर्याङको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । पोखरी निर्माणमा अहिलेसम्म सात करोड ८५ लाख रुपियाँ खर्च भइसकेको छ ।

मन्दिरको काम आधा सम्पन्न
रानीपोखरीमा निर्माणाधीन मन्दिरको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको निर्माण विज्ञ मानन्धरले जानकारी दिए । मन्दिर निर्माणमा अहिलेसम्म सात करोड रुपियाँ खर्च भइसकेको छ । रानीपोखरीको बीचमा शिखर शैलीमा बालगोपालेश्वरको मन्दिर निर्माण भइरहेको छ । मन्दिरमा बिजुलीको तार जडान भइसकेको छ । मन्दिर निर्माणमा कीर्तिपुर र चोभारका विशेषज्ञ कालीगढ मात्र संलग्न छन् ।

वैशाखभित्र नै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गर्न लगाई रानीपोखरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेकोमा बन्दाबन्दीका कारण काम सम्पन्न हुन ढिलो भएको हो । बन्दाबन्दीमा पनि काम निरन्तर गरिएको बताउँदै उनले जनशक्तिको अभावमा पूर्ण रूपमा काम हुन नसकेको स्पष्ट पारे । विज्ञ मानन्धरका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् । पूजा गर्न पाइनेछ, दाजुभाइ, दिदीबहिनीले भाइटीका गर्न सक्छन् । मन्दिर निर्माणमा ८६ जनाको जनशक्तिले काम गरिरहेकोमा अहिले १९ जना र पोखरी निर्माणमा अहिले एक इन्जिनियर र २५ कामदार कार्यरत छन् । बन्दीबन्दी भए पनि निर्माण सामग्रीको अभाव भने छैन । गोरखापत्र दैनिक