६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा कानुन व्यवसायीलाई पक्राउ नगर्नू: सर्वोच्च



अ+ अ-

कानुनी परामर्श दिन हिँडेका कानुन व्यवसायीलाई लकडाउनको समयमा पनि पक्राउ नगर्न आइतबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले नेपालको संविधानमा पक्षहरूले कानुनी परामर्श लिन पाउने व्यवस्था भएको उल्लेख गर्दै लकडाउनको अवस्थामा पनि त्यस्तो सेवा दिन लागेको व्यक्तिलाई नपक्रन आदेश दिएको हो । अधिवक्ता चिरञ्जीवी ढकाललाई यही जेठ २१ गते अदालत जान लाग्दा काठमाडौंस्थित माइतीघरबाट पक्राउ गरिएको थियो । आफू मुद्दाको सिलसिलामा अदालत जान लाग्दा पक्राउ गरिएको उल्लेख गर्दै उनको तर्फबाट अधिवक्ता कान्तिराम ढुंगानाले रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्चले ढकाललाई रिहा गर्न आदेश दिएबमोजिम आइतबार नै उहाँ सर्वोच्चका रजिस्ट्रारको रोहवरमा थुनामुक्त भएका छन् । सर्वोच्चले लकडाउनको समयमा पनि कानुन व्यवसायीले पक्षको लागि आवश्यक कानुनी सेवा दिइरहनुपर्ने भएको उल्लेख गर्दै त्यस्तो व्यक्तिलाई सेवा दिन लागेका बेलामा नपक्रन आदेश दिइएको हो । ‘नेपालको संविधानको धारा २०(२) मा पक्राउ परेका व्यक्तिले निजले रोजेको कानुन व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानुन व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुनेछ भन्ने न्यायसम्बन्धी हकको व्यवस्था गरेको छ ।’ –आदेशमा भनिएको छ । ढकाललाई थुनामा राख्ने कुनै पनि कानुनी आधार नदेखिएको उल्लेख गर्दै सर्वोच्चले उनलाई प्रवृत्त भावना राखेर पक्राउ गरिएको पाइएको स्पष्ट गरेको छ । सरकारी पक्षबाट ढकालद्वारा लकडाउन उल्लंघन गरेका कारण पक्राउ गरिएको दाबी गरिएको थियो ।

सो विषयमा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ र एकराज भण्डारी तथा अधिवक्ताहरू सुनीलकुमार श्रेष्ठ, गोविन्द बन्दी, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, अनन्तराज लुइँटेल, सन्तोष भण्डारीलगायतले बहस गरेका थिए । नेपाल समाचारपत्र दैनिक