काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियताको विषयले प्रवेश पाएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको सक्रियताको विषयलाई प्रवेश गराएका हुन् ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष भण्डारीको विषयमा कुरा राखेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
उनले भने, ‘अध्यक्षले त्यसविषयमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ । आजको बैठकमा नभ्याए अर्को बैठकमा छलफल चल्छ । यो पार्टीको छलफलको विषय भइसक्यो । छलफल गरेर टुङ्गो लाग्नेमा हामी ढुक्क छौँ । जिम्मेवारीको विषयमा अहिले हतार नगरौँ, समय छ ।’
पार्टीमा सक्रिय हुनुको लक्ष्य र उद्देश्यबारे पार्टीमा भण्डारीले प्रस्ट पार्नुपर्ने बताउँदै सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि उनले जनाए ।
सबै सेवा सुविधा त्यागेर आएपछि अध्यक्षले वार्ता गरेर उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ ।
एमालेको बैठक दिउँसो २ बजेबाट बसिरहेको छ ।










