३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियता प्रति प्रधानमन्त्रीको असन्तुष्टि, नेतृत्व दिन सकिदैन

पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियता प्रति प्रधानमन्त्रीको असन्तुष्टि, नेतृत्व दिन सकिदैन
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला गतिविधि प्रति असन्तुष्टि जनाउनु भएको छ ।

पत्रकार विजयकुमार पाण्डेसँगको एक भिडियो अन्तरवार्तामा ओलीले भण्डारीले राजनीतिमा फर्किनेबारे आफूसँग कुनै सल्लाह नगरेको समेत बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘उहाँले न त मलाई सोध्नु भयो न सल्लाह नै गर्नुभयो । उहाँले राजनीतिमा फर्किनेबारे न त पार्टीसँग आधिकारिक रूपमा भनेको जानकारी छ,’ ओलीले भन्नुभयो, ‘एमालेमा फर्किनका लागि उहाँले कुनै माध्यमबाट खबर गरेको थाहा छैन । मौखिक वा लिखित रूपमा पनि उहाँले पार्टीसँग सम्पर्क गर्नुभएको मेरो जानकारीमा छैन।’

ओलीले भण्डारीलाई एमालेमा स्वागत गर्ने विषयमा पार्टीले बैठकबाटै आवश्यक निर्णय गर्नुपर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो ‘उहाँ हाम्रै पार्टीको उपाध्यक्ष हुनु हुन्थ्यो । हामीले नै उहाँलाई राष्ट्रपति बनाएर पठाएका हौँ’, उहाँले भन्नुभयो, ‘यो अवस्थामा राष्ट्रपतिबाट बिदा भइसकेकपछि पार्टीमा फर्किने विषय गम्भीर छ । यसबारे पार्टीले संस्थागत रूपमा निर्णय गर्नु जरूरी हुन्छ ।’

उहाँले राष्ट्रको उच्च पदमा पुगिसकेका व्यक्तिले राजनीतिमा फर्किनु नैतिक रुपमा उचित नहुने समेत बताउनु भयो । उहाँले भन्नुभयो ‘उहाँ (विद्या भण्डारी) एमालेमा आउनु हुँदा त्यसले पार्ने असरबारे हामीले विचार गर्नुपर्ने हुन्छ । राजनीतिमा उहाँको पुनरागमनले गर्न सक्ने नैतिक, राजनीतिक, व्यवस्थागत र व्यक्तिगत असरबारे पनि हामीले सोच्नु आवश्यक छ’, उहाले भन्नुभयो , ‘उहाँलाई यी सबै कुराको ख्याल गर्न सुझाउनु, निर्णयमा सघाउनु पार्टीकै जिम्मेवारीको कुरा हो । पार्टीको जिम्मेवारी दिने सवालमा पनि छलफल हुन्छ।’

यो पनि पढ्नुहोस- राजनीतिको मैदानमा विद्या भण्डारी स् पार्टीलाई नेतृत्व दिने कुरामा कुनै सन्देह छ र ?

भण्डारीका बिषयमा पार्टीले छिट्टै निर्णय लिने जानकारी गराउदै उहाँले भन्नुभयो ‘उहाँको धारणा हामीले बुझ्नुपर्ने हुन्छ । उहाँको चाहना र धारणाबारे पार्टीमा छलफल हुन्छ’, उहाँले भन्नुभयो , ‘हामी उहाँबारे निर्णय लिन ढिला पनि गर्दैनौँ ।’

ओलीले भण्डारी करिब १० वर्षदेखि एमालेमा नरहेको र निरन्तर नेतृत्वमा रहेर काम गरेको अनुभव नभएको अवस्थामा एमाले हाँक्न नसक्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन, किनभने एक त उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको, ठानेको अवस्था नै छैन ।’

प्रधानमन्त्री ओलीले आफू सधैँभरि पदमा नरहने र कुनै पनि जीवित वस्तुका लागि ‘सधैँभरि’ भन्ने कुरा असम्भव रहेको पनि बताउनुभयो । नेतृत्व हस्तान्तरणको विषय एक स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दे यो पार्टीको आवश्यकता, परिस्थितिको माग र व्यक्तिको कार्यक्षमतामा भर पर्ने जनाउनु भयो । उहाँले भन्नुभयो ‘मेरो काम गर्ने सामर्थ्य छैन, क्षमता छैन भने मैले नछोडेर हुन्छ ? मैले छोड्नुपर्ने परिस्थिति आयो भने छोड्नैपर्छ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष पद छाडेपछि दोस्रो वरीयतामा बस्ने लोभ नभएको बताउनु भयो । उहाँले भन्नुभयो ‘म पहिलो मर्यादा छोड्दै छोड्दिनँ,’ उनले भने, ‘छाड्न परे के छ त भन्दा नजिकै आएर दोस्रो सिटमा बसेर र्‍याइँ–र्‍याइँ गरेर होइन, घर गएर बस्नुपर्छ।’

गत असार १४ गते ओली नै उपस्थित भएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपतिले एमालेको सदस्यता नवीकरण गरिसकेको बताउँदै अब एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो ।