काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ ।
यसअघिका प्रमुख सचेतक भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री बनेपछि उनको स्थानमा भट्टराई मनोनीत भएका हुन् ।
दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई साउन १ गतेबाट लागू हुनेगरी राष्ट्रियसभाको प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।











