२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

लकडाउनको ७७ दिन जारि, सडकमा मानिसको आवागमन बाक्लियो

लकडाउनको ७७ दिन जारि, सडकमा मानिसको आवागमन बाक्लियो
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७७ दिन पुगेको छ । 

गत चैत ११ गते देखि सुरु भएको लकडाउन खुकुलो बन्दै गएको छ । सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपनि मोडालिटी तयार पार्न नसक्दा सर्वसाधारण स्वतःसफुर्त रुपमा घर बाहिर निस्किएका छन् ।

सोमबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बाक्लो देखिएको छ ।

मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको छ । सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् । प्रहरीले सवारी जाँचलाई खुकुलो बनाएको छ ।

सडकमा मानिसहरुको आवागमन पनि बाक्लीदै गएको छ ।

काठमाडौंमा अधिकांश कार्यालय र उद्योग व्यवसाय सञ्चालनमा आएका छन् । न्यूरोड, भोटेबहाल, इन्द्रचोक लगायतका ठाउँमा रहेका अधिकांश पसलहरु बिहानको समयमा खुलेका छन् ।

सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकेको भन्दै व्यवसायीहरुले पसल सञ्चालन गर्ने निर्णय गरेका थिए ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा आइतबार उच्च स्तरीय समन्वय समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएपनि कुनै ठोस निर्णय हुन सकेन् ।

सरकारले लकडाउनका विषयमा अझै निर्णय गर्न नसक्दा सबैमा लकडाउनको अन्यौलता दखिएको छ ।

संक्रमितको संख्या पनि बढ्दै जाने र सरकारले लकडाउनको मोडालिटीका बारेमा कुनै निर्णय गर्न नसक्दा थप त्रास र चिन्ता बढेको छ ।