२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

उच्च हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट न्यून भएको छ : मन्त्री नेम्वाङ

उच्च हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट न्यून भएको छ : मन्त्री नेम्वाङ
अ अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बषन्त कुमार नेम्वाङले कर्णाली प्रदेश लगायतका उच्च हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट न्यून भएको स्वीकार गर्नुभएको छ ।  

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत शहरी विकास मन्त्रालयको विभिन्न शिर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री नेम्वाङले हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट तुलनात्मक रुपमा थोरै भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “यस मन्त्रालयका कार्यक्रमहरु विशेष गरेर सघन शहरी वस्तीहरुमा केन्द्रीत हुने भएकाले कर्णाली प्रदेश लगायतका उच्च हिमाली भेगमा बजेट तथा न्यून भएको कुरा यथार्थ हो । ”

शहरी विकास मन्त्रालयको आगामी आर्थिक बर्षका लागि चालु आर्थिक बर्षको भन्दा ४ अर्ब ३० करोड रुपैयाले न्यून रहेकाले सबै कार्यक्रमलाई समेट्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो । आगामी बर्षका लागि यस मन्त्रालयका लागि ३६ अर्ब ५२ करोड ३३ लाखको बजेट प्रस्तावित गरिएको छ । प्रतिकुल परिस्थितिमा पनि कार्यक्रम छनौट र बजेट विनियोजन गर्दा मन्त्रालयले  प्रादेशिक सन्तुलन र चालु आयोजनालाई निरन्तरता दिने प्रयास भने गरेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले नेपालको संविधान, १५ औ योजना, सरकारको नीति तथा कार्यक्रम, राष्ट्रिय शहरी नीति, राष्ट्रिय शहरी विकास रणनीति र राष्ट्रिय आवास नीतिलाई मध्येनजर गरी कार्यक्रमको प्राथमिकता छनौट गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले सन्तुलित शहरी विकास र बसाईसराईलाई व्यवस्थित गर्न मध्ये पहाडी लोकमार्ग र आसपासका १५ नगरपालिका, हुलाकी राजमार्गमा पर्ने १० स्थानमा र तराई मधेसका बाटोमा नपरेका ५ नगरपालिका सहित २७ स्थानमा विगत बर्षहरुदेखि नयाँ शहर आयोजना अघि बढेको बताउनुभयो । बजेट न्यून भएकाले नयाँ शहरका थप आयोजनाहरु अघि बढाउन नसकिएको बताउनुभयो ।

बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न सघन शहरी कार्यक्रम मार्फत भारतसंग सिमा जोडिएका तराई मधेसका २१ वटा जिल्लाका सदरमुकामस्थित नगरपालिकाहरुमा कार्यक्रम संञ्चालन गर्न बजेट विनियोजन गरिएको, स्मार्ट शहरका लागि १३ वटा नगरपालिका र एक शहर एक पहिचान अन्र्तगत १८ वटा नगरपालिकामा सञ्चालित कार्यक्रमका लागि बजेट विनियोज गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

सांसदहरुले मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुदै क्षेत्रिय असन्तुलन, शहरमुखी भएको , नगरापालिकामा शहरी पुर्वाधारलाई व्यवस्थित गर्न नसकेको , सुरक्षित नागरिक आवास कार्यक्रमहरु प्रभावकारी नभएको , भौगोलिक विशेषता अनुसार उच्च हिमाली, पहाडी र तराई क्षेत्रमा एक एक शहर बसाउनु पर्ने , माग गरेका आयोजना समावेश नभएको, दुईवटा नया जिल्लालाई व्यवस्थित गर्न रकम विनियोजन नभएको लगायत टिप्पणी गरेका थिए ।

उमाकान्त चौधरी, प्रेम सुवालबाट, राजेन्द्रप्रसाद लिङ्गदेनले मन्त्रीको जवाफमा थप स्पष्टिकरण माग गरेका थिए । मन्त्रालयगत बजेटमा  सांसदहरु उमाकान्त चौधरी, प्रेम सुवाल, रामबहादुर विष्ट , मिनाक्षी झा, दुर्गा पौडेलले खर्च कटौतिको प्रस्ताव राख्नुभएको थियो ।