३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार शुरु, चुक्ता पुँजी ५४ करोड माथि



अ+ अ-

काठमाडौँ । ‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार शुरु भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आजबाट औपचारिक रुपमा एकीकृत कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबार गर्नका लागि लाइसेन्स खल्ती आईएमी समूहलाई हस्तान्तरण गरेका छन् ।

एकीकृत कारोबारको शुरुवात कार्यक्रममा ‘आईएमई खल्ती लिमिटेड’का निर्देशक प्रविन रेग्मीले यो मर्जर सेवामा नयाँ अवसर खोजिका लागि भएको बताउनु भयो । उहाँले आजको दिन डिजिटल भुक्तानी क्षेत्रको मात्रै नभएर फिनटेक र बैंक तथा वित्तीय संस्थाका लागि पनि एक महत्वपूर्ण कदम भएको बताउनु भयो । फिनटेकका दुई ठूला संस्थालाई मर्जमा भएर जानू आफैंमा चुनौतीपूर्ण भएको बताउँदै  मर्जरमा जान कुनै संकट आफूहरुलाई नचाहिएको स्पष्ट पार्नुभयो ।

दुई संस्था मर्ज भएसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने बिहीवारबाट दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै दुईको प्रयोगकर्ता संख्या १ करोड २७ लाख पुगेको छ ।

यसअघि खल्तीमा ७० लाख र आईएमईपे ५७ लाख प्रयोगकर्ता थिए । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले गरेको छ ।