२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

“काेविड महामारी नभएकाे भए लुम्बिनीबाट कतार, दाेहा उड्न पाइन्थ्याे” मन्त्री भट्टराइ

“काेविड महामारी नभएकाे भए लुम्बिनीबाट कतार, दाेहा उड्न पाइन्थ्याे” मन्त्री भट्टराइ
फाईल फोटो
अ अ+ अ-

काठमाडाैंः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड १९ को स्थिति समान्य भएपछिको ६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए आगामी आर्थिक वर्षको सुरुवातमै गौतमबुद्ध विमानस्थलबाट कतार तथा दोहा जान पाउने अवस्था आइसकेको अवस्था हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘नागरिक उड्डयानको क्षेत्रमा हामीले आउने वर्ष सम्भवतः यो कोभिड असर नभएको भए हाम्रा थुप्रै माननीयज्युहरु आज भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा, कतार उड्ने सौभाग्य पाउनुहुन्थ्यो । त्यो दुर्भाग्यवस कोभिडको कारणले भएन । जब कोभिडको स्थिति नर्मल हुन्छ त्यसपछि ६ महिना भित्र हामी गौतमबुद्ध भैरहवाबाट विश्वका जुनसुकै ठाउँमा पनि जान सक्नेछौं । त्यो अन्तिम तयारीमा हामी पुगिसकेका छौं ।’

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढ्दै गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्ने काम अगाडी बढीरहेको जानकारी समेत दिनुभयो ।

मन्त्री भट्टराईले देशभरका ५४ वटा विमानस्थलमध्ये ३४ वटा कालोपत्र भएको र बाँकीको कालोपत्रे गर्ने र आधुनिकिकरण गर्दै जाने कामले निरन्तरता पाउने बताउनुभयो ।

मन्त्री भट्टराईले बजेटले पर्यटन क्षेत्रमा आवद्ध रहेका व्यवसायीहरुलाई राहत र सहुलियतका प्याकेजमा जोड दिइएको बताउनुभएको छ । उहाँले भननुभयो ‘बजेट वक्तव्य यहाँहरुले फेरी एकपटक पढ्नुभयो भने ५० अर्बको पुनरस्थापना कोष छ । ५ प्रतिशत व्याजमा त्यो रकम चलाउन सकिन्छ । एक खर्बको पुनरस्थापना कोष छ त्यो ५ प्रतिशतमा चलाउन सकिन्छ ।

त्यस्तै सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबट रकमहरु जम्मा गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै हवाई क्षेत्रमा ल्याण्डीङ, पार्किङ लगायतका शुल्कहरुमा छुट दिने कुरा छ । हवाई इन्धनबाट हामीले प्रति लिटर १० रुपैयाँ पूर्वाधार विकासको निम्ति लिन्थ्यौं त्यो हटाइएको छ ।’

राजनीतिकरण भयो कि पार्टीकरण भयो कि भन्ने सांसदहरुको प्रश्न रहेको भन्दै नीतिमा भिन्नता भएपनि कार्यक्रममा ठूलो भिन्नता नरहेको स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘म माननियहरुले यो कुरा उठाउँदा जवाफ दिन आउन भन्दा अगाडि मन्त्रालयमा कति मन्त्री भएछन भनेर हेरे ।

प्रमुख प्रतिपक्षी दल जो आज हुनुहुन्छ उहाँहरुबाट १० जना मन्त्री हुनुभएछ । तर, विश्वेश्वरप्रसाद कोइरालाको नाममा पुरस्कार राख्न मै आइपुग्न प‍¥यो । माननीयज्यूहरुले कहिले पनि बनाउनुभएको थिएन । मै आइपुगे । प्रमुख प्रतिपक्षीका माननियहरुले यसमा त अलिकति स्वागत गर्नुहोला भनेको स्वागतै गर्नुभएन मलाई अचम्म लागेको छ ।’

मन्त्री भट्टराईले सगरमाथाको नाम इतिहास शिरोमणि बाबुराम आचार्यले राख्नु भएको र उहाँको नाममा सगरमाथा राष्ट्रिय पुरस्कारको स्थापना गरेको बताउनुभयो । त्यस्तै पूर्व मन्त्री रवीन्द्र अधिकारीको नाममा पनि पुरस्कार स्थापना गरेको बताउनुभयो । उहाँले नेताहरुको नाममा स्थापित प्रतिष्ठानहरुलाई यसपटक अनुदान नदिएको जानकारी गराउनुभयो ।

मन्त्री भट्टराईले पर्यटन मन्त्रालयअन्तर्गत सबैभन्दा धेरै बजेट प्रदेश २ मा ५६ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।