२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

अर्बाैं लगानी रहेकाे जिमखाना खाेल्न फिटनेस संघकाे माग

अर्बाैं लगानी रहेकाे जिमखाना खाेल्न फिटनेस संघकाे माग
अ अ+ अ-

काठमाडौंः काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले लकडाउनका कारण बन्द अवस्थामा रहेका जिमखानाहरू यथाशीघ्र संचालनको अनुमति दिन माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा अर्बौं लगानी भएको जीम व्यवसाय बन्द हुँदा व्यवसायी र यसका प्रयोगकर्ता दुवै समस्यामा परेको उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, "विगत लामो समयदेखि संसारभर फैलिएको कोरोना भाइरसको कोभिड १९ ले गर्दा मानव जीवन अस्तव्यस्त भएको छ । चार लाखभन्दा बढी व्यक्तिहरुले ज्यान गुमाइसकेको र नेपालमा पनि कोभिड १९ भाइरसले गर्दा चैत महिनादेखि लकडाउन शुरु भई हालसम्म पनि कायम रहेको छ । हालसम्म यसको कुनै खोप वा औषधी ननिस्केको अवस्थामा डब्लुएचओ र नेपालका विषेशज्ञहरुको सुझाव अनुसार मानव शरिरका प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सकिएमा उक्त रोग बाट सजिलै बच्न सकिने बताएका छन् । जसको लागि उचित खानपानका साथै दैनिक व्यायाममा जोड दिएको पाइन्छ । त्यसैले दैनिक व्यायाम गर्नु जरुरी देखिन्छ । जसका लागि बन्द रहेको जिम तथा फिटनेस सेन्टर यथाशिघ्र छिटो खोल्नु जरुरी देखिन्छ ।"

संसारभरका विज्ञहरुले यो महामारी छिटै नसकिने भएकोले डब्लुएचओको निर्देशनअनुसार सम्पूर्ण मापदण्डहरु पूरा गरेर सावधानीपूर्वक जनजीवन सहजीकरण तर्फ लैजानु पर्छ भनि सुझाएका छन् । काठमाडौं जिल्लामा हाल करिब २०० वटा जति जिमहरु रहेका छन् । जसमा अरब भन्दा बढी लगानी भएको देखिन्छ । हाल बन्दका कारणले जिम संचालकहरुले कर्मचारीहरुलाई तलब, घरभाडा, बैंक ब्याज, बिजुलीको महशुल र नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाउन नसक्ने स्थितिमा पुगेका छन् ।

जिम बन्दको असर हजारौं बिरामी नागरिकहरुमा समेत परेको छ । प्रेसर, सुगर, फिजियो थेरापी गर्नुपर्ने, नसा सम्बन्धि रोग, डिप्रेसनका बिरामीहरुलाई त झन् बढी असर परेको छ, ज्ञापनपत्रमा भनिएको छ ।

संघले निम्न लिखित नियमहरु लागू गरी जीम संचालन गर्ने जनाएको छ ।
१- प्रवेश गर्दा तापक्रम नाप्ने
२- साबुन पानीले हात खुट्टा धुने
३- स्यानिटाइजर प्रयोग गर्ने
४- सामाजिक दुरी कायम गर्ने
५- प्रत्येक एक घण्टाको प्रयोगपछि जिमका मेसिनहरु स्यानिटाइजेसन गर्ने
६- मास्क, पञ्जा, जिम हल भित्र मात्र लगाउने लुगा र जुत्ता अनिवार्य गर्ने
७- एक पटकमा १० जनासम्म मात्र प्रवेश गराउने
८- एक घण्टा पछि आधा घण्टा जिम सफा गर्न छुट्याउने