२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

हामीले नारा मात्रै लगाउने होइन, किसानलाई पेन्सन दिने हो : मन्त्री भुषाल

हामीले नारा मात्रै लगाउने होइन, किसानलाई पेन्सन दिने हो : मन्त्री भुषाल
अ अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री धनश्याम भुषालले प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण ’ नहुने प्रतिवद्धता जनाउनुभएको  छ  । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिदै उहाँले अब प्रधानमन्त्री कृषि आधुुनिकीकरणका कार्यक्रममा राजनीतिकरण नहुने प्रतिवद्धता जनाउनुभएको हो । विगतमा प्रधानमन्त्री कृषि आधुुनिकीकरणका कार्यक्रममा राजनीति गरिएको, अनावश्यक गुटकरण गरेर विगार्ने काम भएको भन्दै उहाँले अब सुधार गरेर अघि बढ्ने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हामीले बिगार्यौ । सबै मिलेर बिगार्यौ । अनावश्यक राजनीतिकरण र गुटकरण गरेर त्यसलाई ध्वस्त पार्यौ हामीले । हाम्रै आफ्नै सबैभन्दा ठूलो प्रोजेक्ट भएकाले त्यसलाई नफाल्ने निर्णय गरेको हो । राम्रो बनाउन लागेका छौ । अब जस्ले गर्छ त्यसले मात्रै सरकारको अनुदान पाउँछ । अब छुद्र राजनीतिकरण हुदैन । कृषि मन्त्रालयबाट दिने कुरामा कम्तिमा यति विश्वास गर्नुहोस् । यदि कमिसनखोरीकै सत्ता चलेको हो भने अब त्यो कमिसनखोरीको आयु पुरा भयो भनेर हामीले हेर्ने हो । ”उहाँले आफु बिग्रिएको स्थिति सुधार गर्न आएको पनि स्पष्ट पार्नुभयो । सो परियोजनामा सांसदहरुले नै करोडौ रुपैया लगेको भन्ने सांसहरुको जिज्ञासामा उहाँले भन्नुभयो “ सांसदहरु पनि करोडौमा लागे । त्यस्तो भयो होला भन्नका लागि म संग प्रमाण छैन । केही रेकर्डहरु छैन । मन्त्रालयमा केही छैन । पुराना कागज छैन । रेकर्ड खोज्यो छैन । स्थिति त्यस्तो छ ।”

उहाँले किसानलाई पेन्सन दिनेबारे निर्णय गर्नुपूर्व वास्तविक किसानको तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो “किसान पेन्सन भनेर अब हामीले नारा मात्रै लगाउने होइन । गर्ने हो । तर सामान्य को किसान हो होइन भनेर तथ्यांक समेत हामीले लिएका छैनौ त्यसैले तपाईले हरेक पटक संसदमा कोर्रा लगाईदिनोस् मलाई ताकि छिटो भन्दा छिटो हाम्रो मन्त्रालयले किसानको सूचीकरण सम्म गर्न सकोस् त्यसपछि के गर्ने हो संगै गरौला । ”कृषि उद्योगको नारा लगाईरहेपनि कृषिको औद्योगिकरणको बाटोमा हिड्न नसकिएको स्वीकार गर्नुभयो । 

उहाँले कृषि शिक्षा र कृषि कर्मलाई संगसगै लैजानका लागि सुर्खेतमा ७० वटा स्कुलमा पाईलट योजना सुरु गएिको पनि जानकारी दिनुभयो । मन्त्री भुसालले आगामी आर्थिक बर्ष देखि मलमा जस्तै विउमा अनुदान दिन सुरु गरिएकोे तथा सरोकारित मन्त्रालय संग मिलेर सिंचाईको राम्रो व्यवस्था गरिएको बताउनुभयो ।

सांसदहरु पद्मनारायण चौधरी, प्रेम सुवालले मन्त्रीको जवाफमा थप स्पष्टिकरण मागेका थिए ।