२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक रुपमा ढलौंला, चितामाथि जलौंला तर जल्न दिन्नौं स्वाभिमान



अ+ अ-

सासद शान्ता चौधरीले सासद सरिता गिरीलाई पठाएको पत्र

"माननीय सरिता दिदी यदि तपाइले बोलेको यो बोली सत्य हो भने ?

रहर होईन तपाईंसँग कटाक्ष गर्ने , ईच्छा होईन उत्तेजित अभिव्यक्ति दिने । तर म भित्रको स्वाभिमानले तपाईंको मुखबाट निस्किएको यो आवाज सुनेर भन्यो भौतिक रुपमा ढलौंला , चिता माथि जलौला तर जल्न दिन्नौं स्वाभिमान , गल्न दिन्नौं नेपाली शान । नेपाली माटो माथि उभिएर , यही देशको नागरिकको पसिनाको मुल्य लिएर , नेपाली आमाको छातिमाथि कुल्चदैं हामीलाई मुटु भन्दा प्रिय लाग्ने राष्ट्रियतामाथि धावा नबोल्नुस दिदी। तपाईंलाई नेपालले कहिल्यै अपमान गरेको छैन ।

मेरै देशको सार्बभौम सम्पन्न गरिमामय सम्मानित सदनमा तपाईंको पटक पटक उपस्थिति रहँदै आएको छ । तर आज कृतघ्न बन्दै कर्म भुमिले उठाएको व्यक्तित्व र बढाएको मर्यादालाई तिरस्कार गरि नेपालको भुमिलाई भारतिय देख्ने तपाईंको दोषी चस्माप्रति भने मेरो कटाक्ष छ सरिता दिदी ।"

प्राईम टाईम टेलिभिजनमा पत्रकार ऋषी धमलालाई हालै दिएको एक अन्तरवार्तामा गिरीले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा आफूले स्बीकार नगर्ने अभिब्यक्ति दिनु भएको थियो ।

माननीय शान्ता चाैधरीकाे फेसबुकमा राखिएकाे पत्र