१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी

बागलुङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
अ अ+ अ-

बागलुङ । बागलुङमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा निसीखोला गाउँपालिकाका ३ जना र बरेङ गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको हो । निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले विहान ५ः४५ बजे निकालेको विज्ञप्ती अनुसार निसीखोला गाउँपालिकाका २१, २६ र २७ बर्षिय ३ जना पुरुष तथा बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, ४९, २३ र २७ बर्षिय ८ जना पुरुषलाई संक्रमण देखिएको छ ।

उनीहरु सबै भारतबाट आइ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका हुन् । यससँगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ । बागलुङ नगरपालिकाका २ जना, तमानखोला गाउँपालिकामा ४, गल्कोट नगरपालिकामा ३, निसीखोला गाउँपालिकाका ६, बडिगाड गाउँपालिकाका १५, ताराखोला गाउँपालिकामा १ र ढोरपाटन नगरपालिकामा १ र बरेङ गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये १७ जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा रहेका छन भने ९ जना धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्ष र १ जना बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसन कक्षमा रहेका छन् । राजधानी दैनिक