३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

बागलुङ । बागलुङमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा निसीखोला गाउँपालिकाका ३ जना र बरेङ गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको हो । निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले विहान ५ः४५ बजे निकालेको विज्ञप्ती अनुसार निसीखोला गाउँपालिकाका २१, २६ र २७ बर्षिय ३ जना पुरुष तथा बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, ४९, २३ र २७ बर्षिय ८ जना पुरुषलाई संक्रमण देखिएको छ ।

उनीहरु सबै भारतबाट आइ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका हुन् । यससँगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ । बागलुङ नगरपालिकाका २ जना, तमानखोला गाउँपालिकामा ४, गल्कोट नगरपालिकामा ३, निसीखोला गाउँपालिकाका ६, बडिगाड गाउँपालिकाका १५, ताराखोला गाउँपालिकामा १ र ढोरपाटन नगरपालिकामा १ र बरेङ गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये १७ जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा रहेका छन भने ९ जना धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्ष र १ जना बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसन कक्षमा रहेका छन् । राजधानी दैनिक