१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । नयाँ निर्देशिका कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्नका लागि निर्माण गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । निर्देशिकामा छलफल भइरहेको उनले जानकारी दिए । महानिर्देशक हमालले भने, “कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्ने सवालमा प्राविधिक मापदण्ड बनाएको हो, यसमा सरोकारवालासँग छलफल भइरहेको छ ।” उनले अहिलेको अवस्थामा कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक यातायात सञ्चालन गर्ने कुरा नै प्रमुख रहेको तर सरकारबाट सार्वजनिक सवारी खुला गर्ने कुरा नआउँदा पनि आफ्नो तयारी गरेको जानकारी दिए ।

बन्दाबन्दीकै अवस्थामा सरकारले सार्वजनिक सवारी सञ्चालन गरेको खण्डमा कसरी सुरक्षित रहेर काम गर्ने भन्ने सवालका तयारी थालिएको हमालले बताए। उनका अनुसार बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालन गर्नुपरे सामाजिक दूरी कायम हुनेगरी सञ्चालन गर्नुपर्ने छ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिनेछ । निश्चित स्थानबाट मात्रै यात्रु चढाउने तथा ओराल्ने गरिनेछ । तर पहिलाको तुलनामा आधा यात्रु राख्ने भएपछि खर्चसमेत नउठ्ने यातायात व्यवसायीको भनाइ छ । त्यसका लागि सरकारले भाडा वृद्धि गर्नुपर्ने वा व्यवसायीलाई अनुदान दिनुपर्ने कुरामा पनि छलफल भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, “लकडाउनले त्यसै पनि व्यवसायी मर्कामा छन्, अब खुलाएर आधा यात्रु बोकेर हिँड भन्दा झनै समस्या हुन्छ दैनिक खर्च नै उठ्दैन ।” उनले स्वास्थ्य सुरक्षा पहिलो कुरा भए पनि सरकारले भाडा वृद्धि नगरी वा कुनै अनुदानको व्यवस्था नगर्ने हो भने सञ्चालन हुन नसक्ने दाबी गरे ।

बिस्तारै सार्वजनिक सवारी सञ्चालन भएमा सावधानीका उपाय अपनाउनुको विकल्प नभएको भने स्वाँरको भनाइ छ । विभागले भाडा उठाउनमा पनि सकभर विद्युतीय भुक्तानीको प्रयोग गर्ने नभए बाकसमा खसाल्ने गरी व्यवस्था गर्न लागेको छ । यात्रुपिच्छे भाडा उठाउन जाँदा सुरक्षित नभइने विभागले जनाएको छ । कस्तो मोडालिटीमा सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने कुराको यकिन भएको छैन । कुनै क्षेत्र तोकेर पनि सञ्चालन गर्न सकिने विभागले जनाएको छ तर सरकारले खुला गरेपछि त्यहीअनुसार निर्देशिका पारित गरी कार्यान्वयन गरिने महानिर्देशक हमालको भनाइ छ । गोरखापत्र दैनिक