३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनो उपचाररत एक वृद्धको निधन



अ+ अ-

भरतपुर। कोरोनाको संक्रमणवाट भरतपुर अस्पतालमा उपचार गराइ रहेका एक वृद्धको मंगलवार मृत्यु भएको छ । भरतपुर अस्पतालको आइशियुमा उपचार गराइ रहेका भरतपुरका वृद्धको मृत्यु भएको भरतपुर अस्पताल प्रवक्ता लिलाधर पौडेलले जानकारी दिए । उनको सोमवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइ रहेका ती विरामीलाइ कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको हो । लामो समयदेखि मुटुका विरामी रहेका ती वृद्धाको निमोनियाको लक्षण देखिए पछि सोमवार कोरोना परिक्षण गरिएको नारायणी सामुदायिक अस्पतालका प्रवन्ध निर्देशक डा. भक्तमान श्रेष्ठले जानकारी दिए ।

कोरोनावाट विरामीको मृत्यु भएसगै चितवनमा सुरक्षाको थप सर्तकता अपनाइएको छ । मृतकका परिवार र उनले भेटेका मानिसको सम्भाब्य ट्रेसिङ लिने काम र उनिहरुको स्वास्थ्य परिक्षण गर्ने काम शुरु भैसकेको छ । शब् व्यबस्थापनका लागि नेपाली सेनाले तयारी थालेको छ । सोमवार मात्रै चितवनको कोभिढ १९ परिक्षण प्रयोगशालामा परिक्षण गरिएका मध्ये ३० जनाको कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी कोरोना पुष्टि हुने मध्येमा २३ जना चितवनका हुन् । गोरखापत्र दैनिक