८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनो उपचाररत एक वृद्धको निधन



अ+ अ-

भरतपुर। कोरोनाको संक्रमणवाट भरतपुर अस्पतालमा उपचार गराइ रहेका एक वृद्धको मंगलवार मृत्यु भएको छ । भरतपुर अस्पतालको आइशियुमा उपचार गराइ रहेका भरतपुरका वृद्धको मृत्यु भएको भरतपुर अस्पताल प्रवक्ता लिलाधर पौडेलले जानकारी दिए । उनको सोमवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइ रहेका ती विरामीलाइ कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको हो । लामो समयदेखि मुटुका विरामी रहेका ती वृद्धाको निमोनियाको लक्षण देखिए पछि सोमवार कोरोना परिक्षण गरिएको नारायणी सामुदायिक अस्पतालका प्रवन्ध निर्देशक डा. भक्तमान श्रेष्ठले जानकारी दिए ।

कोरोनावाट विरामीको मृत्यु भएसगै चितवनमा सुरक्षाको थप सर्तकता अपनाइएको छ । मृतकका परिवार र उनले भेटेका मानिसको सम्भाब्य ट्रेसिङ लिने काम र उनिहरुको स्वास्थ्य परिक्षण गर्ने काम शुरु भैसकेको छ । शब् व्यबस्थापनका लागि नेपाली सेनाले तयारी थालेको छ । सोमवार मात्रै चितवनको कोभिढ १९ परिक्षण प्रयोगशालामा परिक्षण गरिएका मध्ये ३० जनाको कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी कोरोना पुष्टि हुने मध्येमा २३ जना चितवनका हुन् । गोरखापत्र दैनिक




भर्खरै