३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

(अपडेट) रुपन्देही घटनाः राती नै हत्या गरेको आशङ्का, शव तन्नामा बेरिएको थियो



अ+ अ-

रुपन्देही। रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् । रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदारहरू हुन । दुई जना भने स्थानीय हुन् । मृतकहरूमा एक महिला र चार पुरूष रहेका छन् । घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरूको पूरा परिचय अझै खुलेको छैन । फर्म स्थानीय कृष्ण पुनको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिञ्जालीले पाँचै जनाकाे शवलाई तन्नाले बेरेका थिए । सिञ्जालीले कोदालो प्रहार गरीे हत्या गरेको प्रहरी अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी टोली घटनास्थलमा घटिएको बताउनुभयो । स्थानीयले सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको जनाएका छन् । फर्म सञ्चालक पुनले बिहान पौने पाँच बजे दूध लिन आउँदा घटना देखेका थिए । हत्या आरोपी सिञ्जालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।