१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी

(अपडेट) रुपन्देही घटनाः राती नै हत्या गरेको आशङ्का, शव तन्नामा बेरिएको थियो

(अपडेट) रुपन्देही घटनाः राती नै हत्या गरेको आशङ्का, शव तन्नामा बेरिएको थियो
अ अ+ अ-

रुपन्देही। रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् । रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदारहरू हुन । दुई जना भने स्थानीय हुन् । मृतकहरूमा एक महिला र चार पुरूष रहेका छन् । घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरूको पूरा परिचय अझै खुलेको छैन । फर्म स्थानीय कृष्ण पुनको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिञ्जालीले पाँचै जनाकाे शवलाई तन्नाले बेरेका थिए । सिञ्जालीले कोदालो प्रहार गरीे हत्या गरेको प्रहरी अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी टोली घटनास्थलमा घटिएको बताउनुभयो । स्थानीयले सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको जनाएका छन् । फर्म सञ्चालक पुनले बिहान पौने पाँच बजे दूध लिन आउँदा घटना देखेका थिए । हत्या आरोपी सिञ्जालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।