१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ–कियारालाई पुत्रीलाभ



अ+ अ-

एजेन्सी । बलिउड जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको घरबाट खुसीको खबर बाहिर आएको छ ।

जोडिलाई पुत्री लाभ भएको हो । सिद्धार्थ र कियाराको छोरी भएको खबर हिजो राति बाहिर आयो । अब आज यो जोडीले आफैंले आफूहरू प्यारी छोरीको आमाबाबु बनेको जानकारी दिएका छन् ।

सिद्धार्थ र कियाराले आ–आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरेका छन् । यस पोस्टमा लेखिएको छ, ‘हाम्रो मन खुशीले भरिएको छ र हाम्रो संसार सधैंको लागि परिवर्तन भएको छ । हामीलाई छोरीको आशिर्वाद मिलेको छ ।’

पोस्टको तल सिद्धार्थ र कियाराको नाम लेखिएको छ । यस पोस्टको क्याप्सनमा सिद्धार्थले मुटु, आँखा र हात जोडेको इमोजी मात्र प्रयोग गरेका छन् ।

यस वर्षको फेब्रुअरीमा कियारा र सिद्धार्थले आफ्ना फ्यानहरूलाई यो खुसीको खबर दिएका थिए कि उनीहरू दुवै चाँडै आमाबाबु बन्दैछन् । दुवैले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत फ्यानहरूलाई यसबारे जानकारी गराएका थिए ।

सिद्धार्थ र कियाराको प्रेमकथा फिल्म ‘शेरशाह’को छायांकनको क्रममा चर्चामा आएको थियो । यसपछि दुवै धेरै अवसरमा सँगै देखिएका थिए । यद्यपि, दुवैले आफ्नो अफेयरको बारेमा कहिल्यै खुलेर कुरा गरेनन् । यसपछि दुवैले फेब्रुअरी २०२३ मा विवाह गरे ।