१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिनको सात करोड १७ लाख सम्पत्ति, ३३ ठाउँमा जग्गा !



अ+ अ-

काठमाडौं । नापी कार्यालय भक्तपुरका तत्कालिन सर्भेक्षक (अमिन) राजेन्द्र काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएकोे छ । 

काफ्लेको जागिर अवधिमा १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँ ८४ पैसा वैध आय हुनेमा उनको कुल सम्पत्ति ७ करोड १७ लाख ४१ हजार १ सय ५० रुपैयाँ ८३ पैसा देखिएको अख्तियारले बताएको छ । २०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको जागिर अवधिमा उनले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले मुद्धा दायर गरेको हो ।  

अख्तियारले काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरेको छ । काफ्लेले जागिरको अवधिमा भक्तपुर र काभ्रे जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेका थिए ।

त्यस्तै काफ्ले र उनकी पत्नी सुशीलाको नाममा रहेको चल अचल सम्पत्ति र त्यसले बढे बढाएको सम्पत्तिको ब्याजसमेत अुसल गर्न माग गरेको छ । अख्तियारले उनीकी पत्नी सुशीलाको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।