२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिनको सात करोड १७ लाख सम्पत्ति, ३३ ठाउँमा जग्गा !



अ+ अ-

काठमाडौं । नापी कार्यालय भक्तपुरका तत्कालिन सर्भेक्षक (अमिन) राजेन्द्र काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएकोे छ । 

काफ्लेको जागिर अवधिमा १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँ ८४ पैसा वैध आय हुनेमा उनको कुल सम्पत्ति ७ करोड १७ लाख ४१ हजार १ सय ५० रुपैयाँ ८३ पैसा देखिएको अख्तियारले बताएको छ । २०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको जागिर अवधिमा उनले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले मुद्धा दायर गरेको हो ।  

अख्तियारले काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरेको छ । काफ्लेले जागिरको अवधिमा भक्तपुर र काभ्रे जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेका थिए ।

त्यस्तै काफ्ले र उनकी पत्नी सुशीलाको नाममा रहेको चल अचल सम्पत्ति र त्यसले बढे बढाएको सम्पत्तिको ब्याजसमेत अुसल गर्न माग गरेको छ । अख्तियारले उनीकी पत्नी सुशीलाको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।