२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा



अ+ अ-

गुल्मी। आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ ।

करिडोर सडकखण्डअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वडा नं ६ को बरल्वामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

 सडक सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनद्वारा डोजर र स्काभेटरको माध्यमबाट दुई दिनसम्म पहिरो पन्छाएपछि आज अपराह्नदेखि सडक एकतर्फी  सञ्चालनमा आएको हो ।

वर्षाका कारण दुवै स्थानमा चट्टानसहितको ठूलो पहिरो गएको हँुदा पहिरो हटाउन लामो समय लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले बताउनुभयो ।

पहिरोका कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै स्थानीय पालिका र प्रशासनले त्यस सडक क्षेत्रमा आवतजावत गर्ने मानिसलाई सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ । बर्सात सुरू भएसँगै कालीगण्डकी करिडोर सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । रासस