१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार नै दोधारमा

लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार नै दोधारमा
अ अ+ अ-

काठमाडौं । साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलमा परेको छ । सरकारले गत ११ चैत २०७६ देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरेर अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन र आवतजावतमा रोक लगाउँदै आएको छ । लामो समयसम्म लकडाउनका कारण सर्वसाधारण, श्रमजीवी, मजदुर तथा व्यवसायीले लकडाउनको स्वरूप परिवर्तन गर्न दबाब दिँदै आएपनिस्वरूप कस्तो बनाउने भन्नेमा नै सरकार अन्योलमा परेको छ । एकातर्फ लकडाउन खुकुलो बनाउन दिनदिनै जनदबाब बढिरहेको छ भने अर्कातर्फ दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्न ढिला गर्दा काठमाडौं उपत्यकालगायतका सहरमा व्यवसायीले एकतर्फी रूपमा पसल खोल्न थालेका छन् । सडकमा सवारीको चापसमेत बढ्न थालेको छ ।

मन्त्रिपरिषद्को गत १७ जेठमा बसेको बैठकले पछिल्लोपटक ३२ जेठसम्म लकडाउन अवधि बढाउँदै क्षेत्रगत रूपमा खुकुलो बनाउने र कडाइ गर्ने जिम्मा समन्वय समितिलाई दिएको थियो । पुनः बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन स्वरूप परिवर्तनको कार्ययोजना पेस गर्न समितिलाई जिम्मेवारी प्रदान गरेको थियोे । समितिको यसअघिको बैठकले तहगत रूपमा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरिसकेको छ । पुनः मन्त्रिपरिषद् बैठकले कार्ययोजना पेस गर्न भनेपछि भने समिति पनि अलमलमा परेको पाइएको छ । गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएको थियो । बैठकले कुनै निर्णय गर्न नसकेपछि कस्तो मोडालिटी तय गर्न सकिन्छ भनेर त्यसको तयारीको जिम्मेवारी समितिलाई दिएको थियो । मन्त्रिपरिषद् बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेस गर्न जिम्मा दिएपछि समितिको लगातार बैठक बस्दै आएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैं पनि लकडाउनको स्वरूप परिवर्तन गर्ने विषयमा विभिन्न विज्ञ तथा सरोकारवालासँग छलफल तथा परामर्श गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले गत बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका थिए भने कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पनि अघिल्लो मंगलबारदेखि निरन्तर विज्ञहरूसँग छलफल गर्दै आएको छ । तर, अहिलेसम्म लकडाउनको स्वरूप कस्तो बनाउने भन्नेमा भने सरकार पुग्न सकेको छैन । सरकारले पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै ३ वैशाख, त्यसपछि १५ वैशाख, २५ वैशाखसम्म लकडाउन गरिएको थियो । देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनले निरन्तरता दिँदै ५ जेठसम्म पुर्याएको थियो भने त्यसपछि थप गर्दै २० जेठ र पछिल्लोपटक थप गर्दै ३२ जेठसम्म लकडाउन अवधि थपेको छ । सरकारले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन १६ असारसम्म बन्द गर्ने घोषणा गरेको छ ।  राजधानी दैनिक