२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदक विजेता भूपेन्द्र र सुदेनको स्वागत



अ+ अ-

काठमाडौँ । उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ मंगलबार स्वदेश फर्किएका छन् ।

उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, सदस्य शेरबहादुर गुरुङ, खेलाडी मनाङ गुरुङलगायतले सामाखुशीमा एक कार्यक्रमबीच स्वागत गरे ।

जुन २९ तारिखमा बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र सुदेनले १ रजत जितेका थिए । भूपेन्द्रले ट्रेडिसनल चाइनिज फममा २६.७, ट्रेडिसनल वेपनमा २७ र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अंक जोड्दै नेपाललाई स्वर्ण दिलाए । भूपेन्द्रले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोयगता सुदेनले ट्रेडिसनल चाइनिज फममा रजत जिते । उनले २६.१ स्कोर गरे । प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेडरल्यान्ड, कोस्टारिका, इस्टोनियालयागत राष्ट्रबाट ४ सय १५ खेलाडीले सहभागिता जनाएको अध्यक्ष राईले जनाएका छन् ।