काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका ११ जना उपसचिवको सरुवा गरेको छ। सोमबार सार्वजनिक सूचीअनुसार प्रशासन, इन्जिनियरिङ, शिक्षा, वन तथा विविध सेवामा कार्यरत उपसचिवहरूको पदस्थापन गरिएको हो।
सरुवा भएका उपसचिवहरूलाई संघीय मन्त्रालय, निकाय तथा अन्य प्रशासनिक संयन्त्रहरूमा जिम्मेवारी तोकिएको मन्त्रालयले जानकारी दिएको छ। कर्मचारी प्रशासन प्रणालीलाई थप प्रभावकारी र सन्तुलित बनाउने उद्देश्यले सरुवा गरिएको जनाइएको छ।
सरुवाको विस्तृत विवरण भने मन्त्रालयले औपचारिक रूपमा वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।











