२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

कांग्रेस लक्षित गर्दै प्रधानमन्त्रीले भने – भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि अहिले कारवाही हुन्छ

कांग्रेस लक्षित गर्दै प्रधानमन्त्रीले भने – भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि अहिले कारवाही हुन्छ
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह गर्नुभएको छ ।   

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उहाँले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै शकांको दृष्टिले नहेर्न आग्रह गर्नुभएको हो । विश्वास बाट काम थालेको र असाधारण ढंगले काम भईरहेकाले उहाँहरुको भावनामा ठेस पुग्ने शब्दाबली प्रयोग नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । दिनैपिच्छे लेखापरीक्षण हुदैन । कामका बेला लेखापरीक्षण तर्फ केन्द्रीत पनि भएका छैनौ । यस्तो परिस्थितिमा अविश्वासबाट थाल्नुपर्ने पनि छैन । यस्तो परिस्थितिमा तीनीहरु भ्रष्टाचार गर्नै पर्खि बसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भन्ने पनि होइन । ”

उहाँले महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाईए सरकारे कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउदै अरुलाई लाञ्छना लगाउने र सधै अनियमितता भयो भन्ने प्रवृतिमा नबग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “अनियमितता भयो भन्ने र लाञ्छित गर्ने प्रवृति पनि देखिन्छ । त्यो प्रवृतिमा नबग्न अनुरोध गर्दछ । कुनै पनि प्रकारको अनियमितता, भ्रष्टाचार सहदैन । छानविन गर्छ कारवाही गर्छ अनि कानुनको कठघरमामा उभ्याउछ र दोषी भएको पाईएमा कारवाही गर्छ म माननीय ज्यूहरुलाई आश्वस्त तुल्याउन चाहन्छु । ”

उहाँले पछिल्लो समय भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कारवाही हुने गरेको भन्दै उहाँले पहिला त्यसो नहुने गरेको भन्दै प्रतिपक्षी दलप्रति व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “पहिले पहिले देखिदैनथ्यो । क्रप्सन हुने नदेखिने हुन्थ्यो । अहिले देखिन्छ र कारवाही भईहाल्छ । पहिलेको भन्दा अलि अनौठो हो । अहिले कारवाही हुन्छ । जोसुकैलाई पनि कारवाही हुन्छ ।”

उहाँले कुनै हिसाबले पनि भ्रष्टाचार हुन नदिने आफ्नो प्रतिवद्धतामा आश्वस्त हुने विश्वास आफुले लिएको बताउनुभयो ।

कोभिड १९ नियन्त्रणबारे भएका प्रयास

प्रधामन्त्री ओलीले कोभिड १९ सबैको साझा शत्रु भएकाले यसको नियन्त्रणका लागि भएका कार्यका बारेमा आएका आलोचनाहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले सरकारका काम मात्रै नभई जुनसुकै विषयमा पनि सतप्रतिसत सुद्धताको कुरा गाहो कुरा भएकाले सरकारका प्रयासहरु पनि सत प्रतिशत ठिक र प्रयाप्त नभएको हुनसक्ने भन्दै उहाँले सरकारले गरेको लकडाउनको प्रभावकारीका भने देखिएको दाबी र्नुभयो । केही स्थानमा व्यवस्थापनको कमजोरी देखिए पनि कोभिड १९ बाट बच्न र बचाउन नागरिकले अवलम्बन गर्ने स्वास्थ्य सर्तकता कायम गराउने सवालमा सरकारका प्रयासले सचेतना फैलिएको दाबी गर्नुभयो ।  उहाँले कोभिड १९ संक्रमण बढ्ने क्रम ‘बाँध फुटेको बाढी’ जसरी फुटेकाले केही समस्या भएको भन्दै सरकारको व्यवस्थापन प्रभावकारी ढंगले भएको दाबी गर्नुभयो ।  

उहाँले आरडीटी वा पिसिआर परीक्षणको विषय राजनीति नभई प्राविधिक भएकाले सोही अनुसार निर्णय गर्नुपर्ने उल्लेख गर्नुभयो । बजेट कोरोना नियन्त्रण रोकथाम र उपचार लगायत स्वास्थ्य क्षेत्रमा नै केन्द्रीत भएको स्पष्ट पार्नुभयो । कोरोना रोकथाम नियन्त्रण र उपचार संग मात्रै सम्बन्धित नभएर मुलुकको अर्थतन्त्र र विकास संग पनि सम्बन्धित भएकाले सोही ढंगले बजेटको व्यवस्थापन गरिएको स्पष्ट पार्नुभयो ।

पिसिआर परीक्षणको दायरा बढाएको भएपनि विदेशबाट आउनेको संख्या बढेकाले समस्या भएको बताउनुभयो । उहाँले क्वारेन्टाइन मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्न पठाईएको र मापदण्ड नपुगेका हरुको सुधार गर्दे लगिने प्रतिवता जनाउनुभयो । उहाँले कोरोना संक्रमितको संख्या, परीक्षण तथा स्वास्थ्य पुर्वाधार विकास बारे पनि जानकारी गराउनुभयो ।

उहाँले नेपाल फर्कनै पर्ने व्यक्तिहरुलाई नेपाल फर्काउने व्यवस्था मिलाईएकाले क्रमैसंग ल्याईने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि बजेट विनियोजन उपयुक्त ढंगले भएको र तीनको कामको प्रभावकारीता पनि अघि बढेको स्पष्ट पार्नुभयो । उहाँले सरकारका केही निकायलाई प्रभावकारी काम होस् भन्ने दृष्टिले प्रधानमन्त्री कार्यालय मातहत लगिएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री कार्यालय अनावश्यक शक्ति केन्द्रीत गर्न नलागेको पनि उहाँले स्पष्ट पार्नुभयो । सरकारलाई शक्ति केन्द्रीत गर्नुपर्ने आवश्यकता र कर नभएको भन्दै उहाँले शक्ति प्राप्ती वा कायम राख्ने नभई सरकारका विभिन्न निकायका अंगहरुको प्रभावकारी परिचालनको लागि त्यसो गरिएको स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री कार्यालय मातहत रहेका र पछिल्लो समय मातहत ल्याईएका निकायहरुको काम प्रभावकारी रुपले अघि बढेको दाबी गर्नुभयो ।

उहाँले कृषिमा आधारित उद्योग लगायत स–साना, घरेलु, लघु, मझौला उद्योगका लागि पूँजी र शीपप्रधान गर्ने काम पनि गर्नुपर्ने भएकाले सोच जस्तो सजिलो नभएपनि कोभिड नियन्त्रण संगै साामजिक जीवनलाई सहज बनाउने बारे बुधबार नै बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने बताउनुभयो ।