३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर



अ+ अ-

जनकपुरधाम। महोत्तरीको जलेश्वर नगरपालिका–६ मा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन्। कार मन्त्रीका छोराले चलाएको पुष्टि भएपनि उक्त कार अझै प्रहरी नियन्त्रणमा पुगेको छैन, जसले घटनाप्रति प्रश्न उठाएको छ।

मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीका छोरा सुमित शर्माले चलाएको बा.१५च.५२३३ नम्बरको कारले प्रदेश २–००–००२ प ८८५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक श्याम शर्मा गम्भीर घाइते भएका थिए।

घटनापछि श्याम शर्मालाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो तर अवस्था गम्भीर भएकाले काठमाडौंस्थित बीएण्डबी अस्पतालमा रेफर गरिएको हो। हाल उनी त्यहीँ उपचाररत छन्।

दुर्घटनामा संलग्न सुमित शर्मा पनि सामान्य घाइते भएका थिए र उनलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

तर सबैभन्दा चासोको विषय कारको अवस्थाबारे हो। ठक्कर दिने कार हालसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन। कार कहाँ छ भन्ने प्रश्नमा महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र खड्काले जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

घटनालाई लिएर स्थानीयहरूमा व्यापक असन्तोष छ। उनीहरूले राजनीतिक पहुँचका कारण प्रमाण लुकाउने प्रयास भएको भन्दै प्रहरीको निष्क्रियता र पक्षपातप्रति गम्भीर आपत्ति जनाएका छन्। कार गायब हुनु र अनुसन्धानमा ढिलाइ हुनुले निष्पक्ष न्यायको सवालमा गम्भीर आशंका पैदा गराएको छ।