२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ



अ+ अ-

पोखरा। पोखराको छोरेपाटन माध्यमिक विद्यालयमा उत्पन्न विवादपछि विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि मोसो दलिएको घटनामा संलग्न तीन जना युवा पक्राउ परेका छन्।

कास्की प्रहरीले घटनालाई योजनाबद्ध रूपमा अघि बढाइएको निष्कर्ष निकाल्दै तीन अभियुक्तलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा नेकपा बहुमतका व्युरो केन्द्रिय सदस्य सुजन आयम उर्फ लोकेन्द्र विश्वकर्मा, नेपाल क्रान्तिकारी विद्यार्थी संघ गण्डकी प्रदेश संयोजक राजन साउद, र कास्की संयोजक वासुदेव बुढा रहेका छन्।

उनीहरूमाथि सार्वजनिक स्वार्थ, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कार्य मानेर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ। अनुसन्धानलाई अगाडि बढाउन अदालतबाट १० दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ।

साथै, प्रहरीले घटनासँग जोडिएका विभिन्न सहयोग संकलन रसिदको अर्धकट्टी समेत बरामद गरेको छ, जसले घटना योजनाबद्ध रूपमा भएको आशंका थप बलियो बनाएको छ।