२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

थपिँदै सङ्क्रमित, सुस्त स्वाब सङ्कलन

थपिँदै सङ्क्रमित, सुस्त स्वाब सङ्कलन
अ अ+ अ-

महोत्तरी । महोत्तरीमा दिनदिनै कोभिड–१९ सङ्क्रमित थपिँदै छन् । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण नतिजा आउने गति सुस्त देखिए पनि यहाँ दिनदिनै सार्वजनिक हुने तथ्याङ्कमा सङ्क्रमितको सङ्ख्या थपिँदै गएको हो ।

जिल्लामा अहिले सङ्क्रमितको सङ्ख्या १६४ पुगेको छ । पछिल्लोपटक मङ्गलबार राति थप ४१ जनामा सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या १६४ पुगेको हो । यसअघि मङ्गलबार साँझ १९ जना नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । दुवै जोड्दा मङ्गलबार नै ६० जनामा सङ्क्रमण पुष्टि भएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो । 

पछिल्लोपटक मङ्गलबार जिल्लाको जलेश्वर क्वारेन्टिनमा २८, बर्दिवासमा १५, मनराशिशवामा १३ र एकडाराको क्वारेन्टिनका चारजनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि जिल्लाको मध्य र सुदूर दक्षिणी भेगमा मात्र सङ्क्रमण पुष्टि हुँदै आएको थियो । पछिल्लोपटक मङ्गलबार एकैदिन  १५ जनामा सङ्क्रमण पुष्टि भएपछि उत्तरी क्षेत्रको बर्दिवास नगरक्षेत्रमा त्रास नै फैलिएको छ । यसअघि सोमबारमात्र बर्दिवासका एकजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्लामा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षणको नतिजा (रिपोर्ट) आउने क्रम अत्यन्त सुस्त भएको जताततै गुनासो बढेको छ । मङ्गलबार ८८ क्वारेन्टिनमध्ये कतै पनि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हुन सकेन । यहाँ सोमबारसम्म एक हजार ९०९ जनाको स्वाब सङ्कलन गरिएको थियो । जसमध्ये हालसम्म ७०८ जनाको मात्र परीक्षण नतिजा आएको छ । जसमा १६४ को पोजेटिभ र ५४४ जनाको नेगेटिभ परिणाम प्राप्त भएको जनस्वास्थ्य निरीक्षक झाले जानकारी दिनुभयो । स्वाब परीक्षण गरिएका मध्ये एक हजार २०१ को परिणाम आउन बाँकी छ ।

बर्दिवास–१ स्थित क्वारेन्टिनमा जेठ दोस्रो सातामै पिसिआर परीक्षण गरिएका कतिको अझै रिपोर्ट आएको छैन । जिल्लामा अहिले क्वारेन्टिन केन्द्र बढाएर ८८ पुर्याइएको छ । यी सबै केन्द्रमा गरी चार हजार १७४ श्यया छन् । यिनमा अहिले तीन हजार ४६२ जना बस्दै आएका छन् । त्यसैगरी स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी ९७६ जना होम क्वारेन्टिनमा रहेका छन् । जिल्लामा अहिले १५६ श्ययाको आइसोलेशन कक्ष सञ्चालनमा छ । जसमा ९० जना शङ्कास्पद रहेका छन् । तर आवश्यक सामग्रीको अभावले स्वाब सङ्कलन भने दुई हजारभन्दा तल नै छ ।  

हालसम्म जलेश्वर अस्पताल र नेपाली सेनाको परिकौलीस्थित रणभीम गणमा मात्र आइसोलेशन कक्ष सञ्चालनमा छ । बर्दिवासमा मङ्गलबार थपिएका सङ्क्रमितलाई त्यही नै आइसोलेशन कक्ष थपेर राखिएको र पिपरास्थित स्वास्थ्य केन्द्रमा तत्कालै ५० श्ययाको आइसोलेशन सञ्चालन गर्न लागिएको जनस्वास्थ्य निरीक्षक झाले बताउनुभयो । 

जिल्लामा हालसम्म आरडिटी प्रणालीअनुसार एक हजार ९९ जनाको परीक्षण गरिएको छ । जसमा ९५६ को नतिजा नेगेटिभ र १४३ जनाको पोजेटिभ आएको छ । पोजेटिभ नतिजा आएका सबैको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण हुँदै गरेको कार्यालयले जनाएको छ । जिल्लाको सुदूर दक्षिणी क्षेत्रको सम्सी गाउँपालिका–५ पोखरभिण्डा सग्रामपुर क्वारेन्टिन केन्द्रबाट भागेका २४ जनामध्ये १४ जना सम्पर्कमा आइसकेका छन् । सोमबार मध्यरातअघि केन्द्रबाट भागेका मध्ये १० जनाको अझै खोजी गरिँदैछ । 

यसैगरी बर्दिवास–१ को क्वारेन्टिनमा स्वाब सङ्कलन गरिएकालाई गत शुक्रबार आरडिटी जाँच गरेर नेगेटिभ आएपछि १२ जना घर फर्काइएको थियो । घर फर्काइएका मध्ये दुई दिनपछि गत आइतबार एकजनाको पिसिआर नतिजा पोजेटिभ आएपछि उनलाई फेरि नियन्त्रणमा लिएर उनीसँग पछिल्ला दुईदिन संसर्गमा रहेकाहरुको खोजी अहिले टाउको दुखाई बनेको छ । 

पिसिआरको नतिजा नआउँदै घर फर्कन सम्बन्धितले हल्लाखल्ला मच्चाएर केन्द्रमा खान छाडेपछि आरडिटी गरेर छाडिएको थियो । आइसोलेशनमा पुर्याइएका उनीसँग संसर्गमा जोडिएकाको खोजी भइरहेको कार्यालयले जनाएको छ ।