२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य र परम्परागत ज्ञान



अ+ अ-

अरुणा उप्रेती । हाम्रो देशमात फलामको भाँडामा पकाएको दाल–तरकारी भातसँग मुछेर खाइन्छ । यसरी खाँदा अचारमा रहेको भिटामिन ‘सी’ले दालमा रहेको लौहतत्व शोषण गर्न मद्दत गर्छ। लौहतत्व शरीरमा पुगेपछि रक्त अल्पताकम हुन्छ । फलामको भाँडाको यस उपयोगिताबारे अहिले विज्ञानले सिद्ध गरिसकेको छ ।

केही महिना अघि विदेशबाट आएका एक नेपाली जनस्वास्थ विज्ञले ‘नेपालमा रक्तअल्पता कम गर्न फलामको माछा प्रयोग गर्न आवश्यक छ, त्यसको लागि अध्ययन–अनुसन्धान गर्ने विषयमा छलफल गर्न तपाईं आइदिनुपर्‍यो’ भने ।

पछि छलफलका क्रममाती नेपाली विज्ञले भने, ‘कम्बोडियामा धेरै महिलालाई रगतको कमीभएको थाहा पाएपछि एक विदेशी डाक्टरले खाना पकाउँदा फलामको माछा खाना पकाउने भाँडामा हाल्ने गर्नू भनेर सिकाए ।

यसरी खाना पकाउँदा भाँडोमा फलामको माछा राखेको खण्डमा फलामको माछामा रहेको फलामतत्व खाने कुरामा जान्छ र महिलाहरूले पर्याप्त लौहतत्व पाउँछन्भन्ने उद्देश्यले यस किसिमको प्रयोग गरिएको थियो ।’उनले भने, ‘वास्तवमा यो तरिका अपनाएपछि कम्बोडियाका महिलाको स्वास्थ्यमा सुधार आयो ।

उनीहरूको रक्तअल्पता घट्योभनेर बीबीसीमा पनि समाचार आयो । यसको लागिबिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनले झन्डै ८ लाख डलर बराबरको सहयोग पनि दिएको भनेर समाचारमा आएको थियो ।’उनको कुरा सुनेपछि मैले हाँसेर भनेकी थिएँ, ‘तर नेपालमा त फलामको भाडाँमा खाना पकाउने चलन परम्पराकै रुपमा रहेको छ । त्यसको लागिभिन्नै ‘फलामको माछा’बनाउनु त पर्दैन होला ।’
फलामको भाँडामा पकाएको खाना स्वस्थकर हुन्छ भन्ने ज्ञान हाम्रापुर्खाहरूलाई थियो । तर अहिले त्यो ज्ञानलाईवास्तागरिन्न । शायद विदेशी भाषामा लेखिएका र विदेशीहरूले आएर नेपालमा त पौष्टिक तत्व स्थानीय खानामा धेरै पाइन्छ, फलामको भाँडामा पकाएको खाना राम्रो हुन्छ भनेपछि मात्र स्वास्थ्य मन्त्रालयले ‘लौ स्थानीय खाना र फलामको भाँडामा पकाएको खाना राम्रो हुने रहेछ, यसले नै रक्तअल्पता कमगर्न मद्दत गर्छ’ भन्छ होला ।
नेपालका कतिपय स्थानमा मेथीलाई एकरात भिजाएर खिर बनाई सुत्केरीलाई ख्वाउने चलन छ । एक सय ग्राम मेथीमा झन्डै ८.४७ मि.ग्रा. लौहतत्व, केही प्रोटिन र क्याल्सियम पनि हुन्छ । शरीरमा रगतको कमी भएका महिलालाई प्रोटिन र क्याल्सियम पनि कम हुने सम्भावना हुन्छ ।

त्यसैले भिजाएको मेथी टुसा उमारेर प्रयोग गर्दा स्वस्थ रहन मद्दत गर्छ । नेवारी खानामा त मेथीको परिकार धेरै मात्रामा प्रयोग हुन्छ । मेथीमा रेसादार पदार्थ पनि हुन्छ । मेथीको दैनिक रुपमा सेवन गर्नु गर्भवती र सुत्केरी दुवैलाई राम्रो हुन्छ ।

नेवारी खाजा‘समयबजी’एक सम्पूर्ण भोजन नै मान्न सकिन्छ । अफसोस १ आजकल खाजा भनेपछि अनेक पत्रु खाना र बिस्कुट हुन्छ, समयबजी खाने चलन हराउँदै गएको छ ।
१ सयग्राम लट्टेमा झन्डै ४ ग्राम प्रोटिन र झन्डै ५ मि।ग्रा।लौह तत्व हुन्छ । क्याल्सियम पनि पर्याप्त हुन्छ । सजिलैसँंग फल्ने लट्टेको प्रयोग गर्दा शरीरलाई चाहिने सूक्ष्म पोषणतत्व पर्याप्त मात्रामा उपलब्ध हुन्छ । यस्ता खाना गर्भवतीको लागि उपयुक्त हुन्छ । लट्टे सजिलैसँग बारीमा फल्छ । खासै मल पनि चाहिन्न । लट्टेको दानालाई तराईतिर रामदाना भनिन्छ । दाना भुटेर लड्डु बनाइन्छ । यसको पीठो पनि बनाइन्छ ।
त्यसैले अस्वस्थकर खानबाट पैदा हुने समस्या नहोस्भनेर हाम्रा सांस्कृतिक र परम्परागत मान्यता अनुरूपका खानाहरूको सिंहावलोकन गर्न जरुरी छ । आधुनिकताको नाममा बजारमा पाइने अनेक थरीका पत्रु खाना गर्भवती महिलालाई दिँदा उनलाई रगतको कमी, मिर्गौलामा समस्या आदि हुन सक्छ । त्यसैले गर्भवती वा सुत्केरीलाई ज्वानो, चाकु आदि परम्परागत पौष्टिक तत्व दिनुपर्छ ,जसले उनीहरुलाई तङ्ग्रिन मद्दत गर्छ ।
अहिले स्कुलहरूमा किशोरीहरूलाई ‘रक्तअल्पता’ नहोस् भनेर ‘आइरन’ चक्की बाँड्ने कार्यक्रम पनि आएको छ । ‘आइरन’ चक्की मात्र बाँडेर लौहतत्व पुग्दैन भन्ने कुरा थाहा भैसकेपछि पनि स्वास्थ्य मन्त्रालय त्यही काम दोहोर्याउँदै छ ।