२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

स्वास्थ्य र परम्परागत ज्ञान

स्वास्थ्य र परम्परागत ज्ञान
अ अ+ अ-

अरुणा उप्रेती । हाम्रो देशमात फलामको भाँडामा पकाएको दाल–तरकारी भातसँग मुछेर खाइन्छ । यसरी खाँदा अचारमा रहेको भिटामिन ‘सी’ले दालमा रहेको लौहतत्व शोषण गर्न मद्दत गर्छ। लौहतत्व शरीरमा पुगेपछि रक्त अल्पताकम हुन्छ । फलामको भाँडाको यस उपयोगिताबारे अहिले विज्ञानले सिद्ध गरिसकेको छ ।

केही महिना अघि विदेशबाट आएका एक नेपाली जनस्वास्थ विज्ञले ‘नेपालमा रक्तअल्पता कम गर्न फलामको माछा प्रयोग गर्न आवश्यक छ, त्यसको लागि अध्ययन–अनुसन्धान गर्ने विषयमा छलफल गर्न तपाईं आइदिनुपर्‍यो’ भने ।

पछि छलफलका क्रममाती नेपाली विज्ञले भने, ‘कम्बोडियामा धेरै महिलालाई रगतको कमीभएको थाहा पाएपछि एक विदेशी डाक्टरले खाना पकाउँदा फलामको माछा खाना पकाउने भाँडामा हाल्ने गर्नू भनेर सिकाए ।

यसरी खाना पकाउँदा भाँडोमा फलामको माछा राखेको खण्डमा फलामको माछामा रहेको फलामतत्व खाने कुरामा जान्छ र महिलाहरूले पर्याप्त लौहतत्व पाउँछन्भन्ने उद्देश्यले यस किसिमको प्रयोग गरिएको थियो ।’उनले भने, ‘वास्तवमा यो तरिका अपनाएपछि कम्बोडियाका महिलाको स्वास्थ्यमा सुधार आयो ।

उनीहरूको रक्तअल्पता घट्योभनेर बीबीसीमा पनि समाचार आयो । यसको लागिबिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनले झन्डै ८ लाख डलर बराबरको सहयोग पनि दिएको भनेर समाचारमा आएको थियो ।’उनको कुरा सुनेपछि मैले हाँसेर भनेकी थिएँ, ‘तर नेपालमा त फलामको भाडाँमा खाना पकाउने चलन परम्पराकै रुपमा रहेको छ । त्यसको लागिभिन्नै ‘फलामको माछा’बनाउनु त पर्दैन होला ।’
फलामको भाँडामा पकाएको खाना स्वस्थकर हुन्छ भन्ने ज्ञान हाम्रापुर्खाहरूलाई थियो । तर अहिले त्यो ज्ञानलाईवास्तागरिन्न । शायद विदेशी भाषामा लेखिएका र विदेशीहरूले आएर नेपालमा त पौष्टिक तत्व स्थानीय खानामा धेरै पाइन्छ, फलामको भाँडामा पकाएको खाना राम्रो हुन्छ भनेपछि मात्र स्वास्थ्य मन्त्रालयले ‘लौ स्थानीय खाना र फलामको भाँडामा पकाएको खाना राम्रो हुने रहेछ, यसले नै रक्तअल्पता कमगर्न मद्दत गर्छ’ भन्छ होला ।
नेपालका कतिपय स्थानमा मेथीलाई एकरात भिजाएर खिर बनाई सुत्केरीलाई ख्वाउने चलन छ । एक सय ग्राम मेथीमा झन्डै ८.४७ मि.ग्रा. लौहतत्व, केही प्रोटिन र क्याल्सियम पनि हुन्छ । शरीरमा रगतको कमी भएका महिलालाई प्रोटिन र क्याल्सियम पनि कम हुने सम्भावना हुन्छ ।

त्यसैले भिजाएको मेथी टुसा उमारेर प्रयोग गर्दा स्वस्थ रहन मद्दत गर्छ । नेवारी खानामा त मेथीको परिकार धेरै मात्रामा प्रयोग हुन्छ । मेथीमा रेसादार पदार्थ पनि हुन्छ । मेथीको दैनिक रुपमा सेवन गर्नु गर्भवती र सुत्केरी दुवैलाई राम्रो हुन्छ ।

नेवारी खाजा‘समयबजी’एक सम्पूर्ण भोजन नै मान्न सकिन्छ । अफसोस १ आजकल खाजा भनेपछि अनेक पत्रु खाना र बिस्कुट हुन्छ, समयबजी खाने चलन हराउँदै गएको छ ।
१ सयग्राम लट्टेमा झन्डै ४ ग्राम प्रोटिन र झन्डै ५ मि।ग्रा।लौह तत्व हुन्छ । क्याल्सियम पनि पर्याप्त हुन्छ । सजिलैसँंग फल्ने लट्टेको प्रयोग गर्दा शरीरलाई चाहिने सूक्ष्म पोषणतत्व पर्याप्त मात्रामा उपलब्ध हुन्छ । यस्ता खाना गर्भवतीको लागि उपयुक्त हुन्छ । लट्टे सजिलैसँग बारीमा फल्छ । खासै मल पनि चाहिन्न । लट्टेको दानालाई तराईतिर रामदाना भनिन्छ । दाना भुटेर लड्डु बनाइन्छ । यसको पीठो पनि बनाइन्छ ।
त्यसैले अस्वस्थकर खानबाट पैदा हुने समस्या नहोस्भनेर हाम्रा सांस्कृतिक र परम्परागत मान्यता अनुरूपका खानाहरूको सिंहावलोकन गर्न जरुरी छ । आधुनिकताको नाममा बजारमा पाइने अनेक थरीका पत्रु खाना गर्भवती महिलालाई दिँदा उनलाई रगतको कमी, मिर्गौलामा समस्या आदि हुन सक्छ । त्यसैले गर्भवती वा सुत्केरीलाई ज्वानो, चाकु आदि परम्परागत पौष्टिक तत्व दिनुपर्छ ,जसले उनीहरुलाई तङ्ग्रिन मद्दत गर्छ ।
अहिले स्कुलहरूमा किशोरीहरूलाई ‘रक्तअल्पता’ नहोस् भनेर ‘आइरन’ चक्की बाँड्ने कार्यक्रम पनि आएको छ । ‘आइरन’ चक्की मात्र बाँडेर लौहतत्व पुग्दैन भन्ने कुरा थाहा भैसकेपछि पनि स्वास्थ्य मन्त्रालय त्यही काम दोहोर्याउँदै छ ।