१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले आज अपराह्न यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै रादजूत कोर्तभालले फ्रान्स–नेपालबीचको ७६ वर्षदेखिको पारस्पिरिक सम्बन्ध वर्तमानमा अझ सुदृढ बन्दै गएको चर्चा गर्दै हालै सम्पन्न द्विपक्षीय परामर्शमा जलवायु परिवर्तनका क्षेत्रमा साझेदारी बढाउने बारेमा गहन छलफल भएको बताउनुभयो ।

अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव यस वर्ष परेकाले वर्षभरी पर्वतीय विषयमा केन्द्रित रहेर दुई देशले विविध कार्यक्रम आयोजना गरिरहेको बताउँदै फ्रान्सेली राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका फ्रान्सेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।