२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

अरु देशको तुलनामा कोरोना नियन्त्रणमा नेपालको अवस्था राम्रो छ : प्रधानमन्त्री

अरु देशको तुलनामा कोरोना नियन्त्रणमा नेपालको अवस्था राम्रो छ : प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि हासिल गरेकाे दाबी गर्नुभएकाे छ । उहाँले सरकारका कामसंग आफू सन्तुष्ट रहेको पनि बताउनुभयो ।

प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा सम्बाेधन गर्दै उहाँले भन्नुभयो “कोरोना यस सरकारको कमजोरीका कारण आएको होइन । विश्वव्यापी रुपमा आएको छ । प्रभावकारी ढंगले सामना गरिरहेको छ । भुटान बाहेक अरु देशको तुलनामा नेपालको राम्रो छ । विश्वव्यापी महामारीको सामाना प्रभावकारी ढंगले गरिरहेको छ । कोरोनाबाट देशलाई मुक्त गर्छ । सरकारले अघि सारेको दृष्टिकोण, हासिल गरेका उपलब्धि कुन चाही कुरामा असन्तुष्ठ हुनुपर्ने छ ? कोरोनाका कारण उत्पादन वृद्धि दर हासिल भएन, यो सरकारको कमजोरी हो र ? यसलाई आलोचना गर्ने विषय पाईयो भन्ने हो ?”

उहाँले भैसी व्यापारीले किन्ने मान्छे आएपछि दूधभन्दा चिल्ला सिंङ देखाउने गरेको प्रसंग उल्लेख गर्दै सरकारका राम्रा काम भन्दा अन्यत्र ध्यान केन्द्रीत गराउने प्रयास भएको गुनासो गर्नुभयो । जहाजका कुरा गर्दा सरकारलाई उडाउने गरिएको स्मरण गर्दे उहाँले आफ्नै झण्डा राखेर पानी जहाज चलाउने तयारीमा सरकार लागि रहेको स्पष्ट पार्नुभयो ।

नेपालीहरुमा कोरोना रोगप्रतिरोधी क्षमता बढी भएको भनेर कस्ले भनेको भन्ने सांसदको प्रश्नमा उहाँले ठट्याउली शैलीमा भन्नुभयो “नेपालीको प्रतिरोध क्षमता राम्रो छ भनेर कस्ले भन्यो भन्नुभयो, मैले भने भर्रखरै सुन्नुभयो नि । ” उहाँले नेपालीहरुको नमस्ते गर्ने शैली सबैले अनुसरण गरेको दृष्टान्त दिदै आर्युवेद, योग लगायत नेपालको औषधीजन्य वनस्पतिको लामो व्याख्या गर्नुभयो ।

अर्के रोगका कारण मृत्यु भएको भएपनि कोरोना पोजेटिभ देखिएपछि विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुरुप कोरोनाबाट मृत्यु भएको मान्नु परेको भन्दै उहाँले कोरोना नियन्त्रणमा सरकारका काम प्रभावकारी भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “कमजोरी लुकाउनुपर्ने? अरु देशमा त्यत्रो नोक्सानी परया छ । त्यतिका मान्छे मरेका छन् । त्यहाँ लुकाउनु नपर्ने । यहाँ १५ जना मर्दा कमजोरी लुकाउनुपथ्र्यो ? कोरोनाबाट अरु मर्न नदिने हाम्रो प्रयास छ । ”

प्रधानमन्त्री ओलीले नेपाली सेनालाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिने कार्य स्वभाविक भएको भन्दै सरकारी निर्णयको प्रतिरक्षा गर्नुभयो । विगतमा पनि सेनाले हतियार, हेलिकोप्टर प्लेन लगायत किन्ने गरेको र त्यतिबेला व्यापारीक नभएर अहिले व्यापारीक भन्ने नमिल्ने तर्क उहाँले गर्नुभयो । उहाँले नेपाली सेनालाई नेपाल सरकार भन्दा बाहिरको संस्था भए जस्तो व्यवहार गर्न नमिल्ने तर्क गर्नुभयो ।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएकाे भन्ने प्रसंगमा उहाँले भन्नुभयो “राम्रो कुरा गर्न नजान्ने, नगर्ने र नराम्रो कुरा गर्नु धर्म ठान्ने देखिएको छ । खरिद नगर्दा पनि भएन । खरिद गर्दा पनि भ्रष्टाचार बाहेक केही नदेख्ने । केही उद्देश्यसाथ लाग्ने । ”

उहाँले विपद् व्यवस्थापनका सम्बन्धमा गृहमन्त्रालयको भूमिका नखोसिएको भन्दै भ्रमपूर्ण कुरामा नपर्न आग्रह गर्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसारका संरचनाले प्राकृतिक प्रकोपलाई मात्रै सम्बोधन गरेको र महामारीलाई सम्बोधन नगरेकाले अर्को संयन्त्र गठन गर्नुपरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “विशाल ग्रुप भन्या कुन हो ? जथाभावी नै बोल्ने हो भने त बेग्लै कुरा हो । यस्ता कुराहरु सांसदजस्तो जनप्रतिनिधिले बोल्दा ध्यान दिनुपर्ने हुन्छ । सरकारको त्यसतर्फ ध्यान गएको छ । कही कुनै प्रकारको अनियमितता र अनुचित कुरा भएको पाईए छानविन हुने र कारवाही हुन्छ । यो सरकार राष्ट्रिय हितको पक्षमा काम गर्ने स्पष्ट पार्छु ।”