२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा प्रतिगामी र गैर प्रजातान्त्रिक पार्टी होः काँग्रेस सांसद बजगाईं



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैर प्रजातान्त्रिक भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले काँग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै रास्वपा सभापति रवि लामिछानेकै कारण चालकको रहष्यमयी मृत्यु र पत्रकार शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु परेको बताउनु भयो । प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले प्रेस स्वतन्त्रताको विरुद्धमा बोलेको बताउनु भयो । रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने टिप्पणी गर्नुभयो । रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो, फोकाहरुको पार्टी हो भन्न नपरोस् भन्दै चेतावनी दिनुभयो ।

सांसद बजगाईंले भन्नुभयो, यो संसदमा कुरुपहरुले हर्कत देखाउन खोजेका छन् । तपाईंहरुले हर आक्रमण प्रयास गर्न खोज्नुभएको छ । मुलतः काँग्रेसमाथि । यसका कारण पनि तपाईंहरु प्रतिगामी र गैर प्रजातान्त्रिक हो । घरमा चालक शम्भू वीरबहादुर थापाको रहष्यमय मृत्यु भयो । शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु प¥यो । यि घटनाहरु निरुपण भयो भन्न सकिँदैन । प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले संसदमा के बोल्नुभयो भने संसदमा पनि सारा पत्रकारहरु, सारा छापाहरु विरुद्धमा उहाँको विरुद्धमा एउटा स्टेटमेण्ट जारी गर्नुभयो । प्रेस स्वतन्त्रताको विरुद्धमा तपाईंहरुले विज्ञप्ती जारी गर्नुभएको छ । जो बोल्छ उसको हालत ढाकाराम र मुकुल जस्तो भइदिन्छ । अनि तपाईंहरु हामीलाई लोकतन्त्र र कानूनी शासन सिकाउने ? रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो भन्न नपरोस् । तपाईंहरु फोकाहरु हो भन्न नपरोस् । ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर्नुहोस् । पहिला तपाईंले आफ्ना दागहरु सफा गर्नुहोस् ।’

सांसद बजगाईंले पलिहा आफूमाथि लागेका दागहरु सफा गर्न रास्वपालाई आग्रह गर्नुभयो ।