एजेन्सी । सन अफ सत्यमूर्ति, टेम्पर, येवादु जस्ता प्रसिद्ध फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेका दक्षिणका लोकप्रिय खलनायक कोटा श्रीनिवासको आइतबार निधन भएको छ ।
अभिनेता ८३ वर्षका थिए । उनले जुलाई १० मा आफ्नो ८३ औं जन्मदिन मनाएका थिए । अभिनेता लामो समयदेखि बिरामी थिए ।
कोटा श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका छन् । उनलाई २०१५ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।
सफल फिल्म करियरको अलावा, कोटा श्रीनिवासले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । १९९९ देखि २००४ सम्म, उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक थिए ।
कोटा श्रीनिवासले अल्लु अर्जुनसँग फिल्म सन अफ सत्यमूर्तिमा काम गरेका थिए । यसबाहेक उनले अमिताभ बच्चनको फिल्म सरकारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले हिन्दी फिल्म प्रतिघात, रक्त चरित्र र टाइगर श्राफको बागीमा पनि खलनायकको भूमिका निर्वाह गरेका छन् ।
कोटा श्रीनिवास अन्तिम पटक २०२३ मा आएको फिल्म कबजामा देखिएका थिए । फिल्ममा उपेन्द्र राव, राजकुमार, किच्चा सुदीप, श्रिया शरणको मुख्य भूमिका थियो ।










