९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथका लोकप्रिय खलनायक कोटा श्रीनिवासको निधन, २ दिन अघि आफ्नो ८३ औं जन्मदिन मनाएका थिए



अ+ अ-

एजेन्सी । सन अफ सत्यमूर्ति, टेम्पर, येवादु जस्ता प्रसिद्ध फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेका दक्षिणका लोकप्रिय खलनायक कोटा श्रीनिवासको आइतबार निधन भएको छ ।

अभिनेता ८३ वर्षका थिए । उनले जुलाई १० मा आफ्नो ८३ औं जन्मदिन मनाएका थिए । अभिनेता लामो समयदेखि बिरामी थिए ।

कोटा श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका छन् । उनलाई २०१५ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

सफल फिल्म करियरको अलावा, कोटा श्रीनिवासले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । १९९९ देखि २००४ सम्म, उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक थिए ।

कोटा श्रीनिवासले अल्लु अर्जुनसँग फिल्म सन अफ सत्यमूर्तिमा काम गरेका थिए । यसबाहेक उनले अमिताभ बच्चनको फिल्म सरकारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले हिन्दी फिल्म प्रतिघात, रक्त चरित्र र टाइगर श्राफको बागीमा पनि खलनायकको भूमिका निर्वाह गरेका छन् ।

कोटा श्रीनिवास अन्तिम पटक २०२३ मा आएको फिल्म कबजामा देखिएका थिए । फिल्ममा उपेन्द्र राव, राजकुमार, किच्चा सुदीप, श्रिया शरणको मुख्य भूमिका थियो ।