१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कोरोनाबारे अफवाह फैलाउने कारबाहीका भागिदार

कोरोनाबारे अफवाह फैलाउने कारबाहीका भागिदार
अ अ+ अ-

कोरोना संक्रमणले मानव अस्तित्वमै संकट सिर्जना गरेका बेला आम सञ्चारका माध्यमले पत्रकारिताको मूल मर्मलाई कसरी पछ्याए भन्ने विषयमा नेपाल प्रेस काउन्सिलले नजिकबाट नियालिरहेको छ । न्युज ब्रेकिङ गर्न हरेक पत्रकारलाई इच्छा र चाहना हुन्छ । यस्तो बेलामा नियमित सूचना दिने व्यक्तिले पनि आफ्नो स्वार्थ राखेर या सूचनाको यथार्थ नबुझी हलुकारूपमा सूचना दिने गरेका छन् । पत्रकारले यस्तो अवस्थामा हतारिएर हैन समाचारलाई भेरिफाइ गरेर मात्र सम्प्रेषण गर्नुपर्नेमा त्यसो गर्न चुकेको भन्ने नेपाल प्रेस काउन्सिलको रिपोर्टले देखाउँछ । नेपाल प्रेस काउन्सिलले कोरोना संक्रमणका विषयमा प्रकाशित समाचारमाथि जेठ ३ गतेसम्म गरेको अनुगमन र कारबाहीको लिस्टले पुष्टि गरेको छ । यो अवधिमा अफवाह फैलाउने युट्युब च्यानलबारे साइबर ब्युरोमा २ वटालाई पत्राचार गरिएको छ । त्यस्तै प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा एउटा मिडियाको नाम सिफारिस गरिएको छ । त्यसै गरी कोरोना संक्रमणसम्बन्धी समाचारबारे १४ वटा उजुरी परेको छ । त्यस्तै नेपाल दूर सञ्चार प्राधिकरणले नेपालभित्र प्रकाशन, प्रसारण हुन नसक्ने गरी ५८ वटा वेबसाइट बन्द गराएको छ ।

समाचार संम्प्रेषणमा आचारसंहिताको पालना नगरी समाचार प्रकाशन, प्रसारण गर्ने ८८ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण, जवाफ माग गरिएको, सचेत, ध्यानाकर्षण गराएको नेपाल प्रेस काउन्सिलले जनाएको छ । कोरोना संक्रमणका समाचार सम्प्रेषणमा भएका त्रुटिहरू केलाउने हो भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक कोरोना संक्रमित भनी सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेकामा कुनै पनि चिकित्सक संक्रमण नभएको भन्दै त्रिवि शिक्षण अस्पतालले तत्कालै विज्ञप्ति निकालेर स्पस्ट पार्नुपरेको थियो । पछिल्लो समय कोरोना संक्रमणका कारण रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन उपचार (आईसीयू) कक्षमा भेन्टिलेटरमा राखी उपचार गराइरहेका मदाने गाउँपालिका–६ निवासी ४१ वर्षीय शिक्षकको उपचारकै क्रममा अस्पतालका जिम्मेवार व्यक्तिले मृत्यु भएको र शव व्यवस्थापन कसरी गर्ने भनी स्थानीय निकाय अर्थात् प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई जानकारी गराएको र बरालले सञ्चारमाध्यमलाई जेठ ७ गते मृत्युको सूचना दिएका थिए ।

अन्ततः उनको भेन्टिलेटरमै राखी उपचार भइरहेको कुरा केही समयपछि अस्पतालले विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको थियो । यो समय अस्पतालकै कमजोरीले मिडियालाई भ्रममा पारियो र तत्कालै सबै मिडियाले क्षमा माग्दै उहाँ जीवितै भएको समाचार प्रकाशित गरेको २४ घन्टा बित्न नपाउँदै अस्पतालले पुनः सामाजिक विकासमन्त्री बराललाई नै श्रद्धाञ्जली निकाल्न लगाएर मृत्यु भएको पुष्टि गर्यो । यस्ता खालका सूचना दिनाले आम सञ्चारका माध्यममाथि निकै ठूलो प्रश्न उठ्ने गरेको छ । यी सबै समाचारहरू समाचार बे्रक गर्ने नाममा सञ्चारकर्मीले ध्यान दिन नसक्दा भएका ज्वलन्त उदाहरण हुन् । मानिसको मृत्यु जस्तो सम्वेदशील विषयमा ब्रेकिङ न्युज गर्ने नाममा कोरोना संक्रमणका समाचारलाई प्रमाणित गरेको पाइएन । कोरोना संक्रमणका कारण नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको भने मृत्यु भएको ३ दिनपछि मात्र कोरोना पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु भएका भनिएका १५ जनामध्ये १२ जनाको मृत्युपछि र ३ जनाको मात्र मृत्युअघि कोरोना पुष्टि भएको छ । त्यसमध्ये एक जनाको त अन्त्येष्टि गरिसकेपछि कोरोना पुष्टि भएको छ । नेपालमा कतिपय कोरोना संक्रमण भएका भनिएका व्यक्तिमा कोरोनाको कुनै लक्षण नदेखिनु र प्रमाणित भएको ६ दिनमै नेगेटिभ रिपोर्ट आउनु, नाम उस्तै–उस्तै भएको आधारमा अर्को व्यक्तिलाई आइसुलेसनमा राख्नु, कोरोना संक्रमण भएको व्यक्तिलाई एक्लो राख्नु र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना नगरी आफुखुसी व्यवहार गर्नु, जसले पनि कोरोनाको औषधि यो या त्यो भन्दै बाँड्दै हिँड्नुले थप जोखिम निम्तिन सक्ने खतरा देखा परेको छ । नेपाल समाचारपत्र दैनिक