३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्पाइन अस्पतालको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद



अ+ अ-

काठमाडौं । बाराको सिमरा बजारमा रहेको अल्पाइन मेडिकल कलेज तथा टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो लागुऔषध गाँजा बरामद भएको छ। प्रहरीले ना ४ च ८५९९ नम्बरको एम्बुलेन्समा रहेको गाँजा वीरगञ्‍ज महानगरपालिका–२७ रामपुर टोलबाट बरामद गरेको जनाएको छ । प्रहरीले एम्बुलेन्सबाट गाँजासहित तीनजनालाई पक्राउ समेत गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीलाई रामपुर टोलमा गाँजा ओसारपसार हुँदैछ भन्ने सूचना आएको आधारमा प्रहरी टोली खटिएको र सोही क्रममा अल्पाइन अस्पतालको एम्बुलेन्सबाट गाँजा बरामद गरिए हो । पक्राउ परेका व्यक्तिसहित एम्बुलेन्स र गाँजा बुधबार नै पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो। गाँजासहित पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीनगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाइबा, सोही ठाउँ बस्ने शोभा सिंह वाइबाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाइबा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामईश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो रहेका छन्। सौर्य दैनिक