२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त



फाईल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी शनिबार उपचारका क्रममा निधन हुनुभएकी शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

स्व शर्माले नेपालका विभिन्न समयमा सम्पन्न भएका निर्वाचनमा सक्रिय योगदान पु¥याउनुभएको कांग्रेसले जनाएको छ । लामो समयसम्म पत्रकारितासमेत गर्नुभएकी शर्माको निधनबाट मुलुकले एक अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । रासस