काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ।
रास्वपाले नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो ।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार नियुक्त हुनुभएका तीनैजना विज्ञ सल्लाहकारहरू विगतमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसक्नुभएको छ । उहाँहरु स्वतन्त्र रहि पार्टीको विभागलाई आवश्यक सर सल्लाह दिने गरि मनोनयन गरिएको हो ।










