२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ, मुलुक विचौलियाले चलाइरहेको पुष्टि भयोः माओवादी सांसद राई



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त रहेको तथा मुलुक विचौलियाले चलाइरहेको पुष्टि भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद राईले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पछिल्लो समय बिचौलियाहरुको चलखेल र घुस डिलसम्बन्धी समाचार नियमित रुपमा आउन थालेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी अडियो सार्वजनिक भएको घटनालाई स्मरण गर्दै प्रधानमन्त्रीमाथि प्रश्न गर्नुभयो । उहाँले मन्त्रीका घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ । मुलुक बिचौलियाहरुले चलाइरहेका छन् भन्ने कुराको पुष्टि हुनेगरी आएका समाचारहरु बढ्दै छन् । समाचारमा आएको विषय मन्त्रीज्यूको मात्र विषय नभएर सम्माननीय प्रधानमन्त्रीज्यूको पनि हो । कुनैपनि मन्त्रीवारे विवाद आए स्वयं मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो । मन्त्रीज्युको विषयमा त पालिका प्रमुख सरुवाको बारे लगायत विषयमा घुस डिल गरेको समाचारहरु आइरहन्थ्यो । यसरी घुस डिल गरेको अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो सभामुख महोदय ? मन्त्रीका घुस डिलहरु बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ?’

उहाँले प्रधानमन्त्री र मन्त्रीहरुमा नैतिकताको खडेरी रहेको पनि टिप्पणी गर्नुभयो ।