काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रुपैयाँको हिसाब सार्बजनिक गर्न माग गर्दे सर्बोच्च अदालतमा निबेदन दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको निवेदनमा १० अर्व रुपैयाँ कुन कुन शीर्षकमा कति खर्च भयो भन्ने जानकारी दिन माग गरिएको छ ।
सविधानको धारा २७ अन्तरगत तत्काल पूर्ण सूचना सार्वजनिक गर्न माग गर्दे निवेदन दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिनुभयो । १० अर्ब खर्च भएको विषयले सडक र संसद दुबै निकै तातेको छ ।
सडक र संसदमा उठेको आवाज बारे प्रधानमन्त्री केपी शर्मा ओलीले यही बुधबार दिनदिनै लेखा परीक्षण नहुने भन्दै संसदमा जवाफ दिनु भएको थियो ।