२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० अर्बको  खर्च विवरण माग्दै सर्वाेच्च अदालतमा रिट



अ+ अ-

काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रुपैयाँको हिसाब सार्बजनिक गर्न माग गर्दे सर्बोच्च अदालतमा निबेदन दर्ता भएको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको निवेदनमा १० अर्व रुपैयाँ कुन कुन शीर्षकमा कति खर्च भयो भन्ने जानकारी दिन माग गरिएको छ ।

सविधानको धारा २७ अन्तरगत तत्काल पूर्ण सूचना  सार्वजनिक गर्न माग गर्दे निवेदन दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिनुभयो ।  १० अर्ब खर्च भएको विषयले सडक र संसद दुबै निकै तातेको छ । 

सडक र संसदमा उठेको आवाज बारे प्रधानमन्त्री केपी शर्मा ओलीले यही बुधबार दिनदिनै लेखा परीक्षण  नहुने भन्दै संसदमा जवाफ दिनु भएको थियो ।