१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सीसीएमसीको कामलाई लिएर व्यापक आलोचना, थप प्रभावकारी बनाउन तीन मन्त्री थपिए

सीसीएमसीको कामलाई लिएर व्यापक आलोचना, थप प्रभावकारी बनाउन तीन मन्त्री थपिए
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कामलाई लिएर व्यापक आलोचना हुन थालेपछि त्यसलाई थप प्रभावकारी बनाउन सरकारले सञ्चालन समितिमा तीन मन्त्रीलाई थप गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अहिले सात मन्त्रालयका ६ मन्त्री रहेको उक्त सञ्चालन समितिमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई थप गर्ने निर्णय गरेको हो । सीसीएमसीले क्वारेन्टाइन व्यवस्थापन, विदेशबाट आउने नागरिकहरूलाई हवाई व्यवस्थापन, मुलुकका विभिन्न क्षेत्रमा कृषिजन्य वस्तुको बिक्रीवितरण लगायतको समन्वयमा कमजोरी गर्दा सरकारको आलोचना भइरहेको छ । त्यसकारण यी क्षेत्रसँग सरोकार राख्ने मन्त्रालयका मन्त्रीहरूलाई पनि सीसीएसमी सञ्चालक समितिमा राखिएको एक मन्त्रीले बताए ।

अहिले उक्त समितिको संयोजकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् भने अन्य सदस्यहरूमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भरू र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल छन् । यसबाहेक प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसमेत समितिमा छन् । तीन मन्त्री थपिएसँगै अब उक्त समितिमा मन्त्रीको संख्या ९ पुगेको छ । भट्टराई र भुसाल भने उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यसमेत हुन् । उक्त समितिमा बस्दा भट्टराईले क्वारेन्टाइन व्यवस्थापनसम्बन्धी भूमिका निर्वाह गरेका थिए । कोरोना भाइरस संक्रमणको सुरुआती दिनमा भट्टराई नेतृत्वमा क्वारेन्टाइन व्यवस्थापन भए पनि पछिल्लो समय सीसीएमसीले उक्त काम गर्न थालेको छ । मन्त्री भुसाल र भट्टराईले उस्तै काम गर्ने धेरैवटा संरचना बनाउन नहुने भन्दै मन्त्रिपरिषद्मै पटक–पटक कुरा उठाएका पनि थिए ।

एकातर्फ सरकारको आलोचना भइरहने र अर्कोतर्फ काम गर्ने जिम्मेवारी नपाएपछि उनीहरूले चुस्त खालको काम गर्ने गरी थोरै संख्याको संरचना राख्नुपर्ने माग गर्ने गरेको स्रोत बताउँछ । मुलुकभित्रै उत्पादन भएका तरकारी एक ठाउँबाट अर्कोमा लान नदिने र फालिदिने घटनाक्रम जिल्लामा बढेपछि सरकारको तीव्र आलोचना भएको थियो । उक्त घटनालाई लिएर कृषिमन्त्री भुसालको समेत आलोचना भएको थियो । कृषिजन्य वस्तुहरूको व्यवस्थापनमा पनि सीसीएमसीले अपेक्षाअनुसार काम नगरेपछि मन्त्री भुसाल पनि असन्तुष्ट थिए । स्रोतका अनुसार कामलाई चुस्त बनाउन र हालको समस्यालाई न्यूनीकरण गर्न भुसाल, भट्टराई र पुनलाई सीसीएमसीको सञ्चालन कमिटीमा राखिएको हो ।

सोसँगै अब सरकारले निर्णय मन्त्रिपरिषद्बाटै र आवश्यक काम सीसीएमसीको सञ्चालन समितिबाट गर्नेछ । कान्तिपुर दैनिक