१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत



अ+ अ-

काठमाडौँ। छ महिना नबित्दै युट्युबमा दश करोडपटक हेरिएको गीत ‘दुश्मन हेरेको हेरै’बाट चर्चामा आएका गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा रेकर्ड कायम गरेको छ । उक्त गीत युट्युबमा सार्वजनिक भएको २४ घण्टाभित्र सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल भएको हो ।

बुधबार बेलुका सार्वजनिक उक्त गीतलाई शुक्रबार दिउँसोसम्म ३० लाखभन्दा बढीपटक हेरिएको छ । गायक थापा र सिसन बानियाँको स्वर रहेको यस गीत अहिले युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा छ । गीतको म्युजिक भिडियोमा गायक थापा, बानियाँ, गुराँस नानी र पेम्बा लामाको अभिनय देख्न सकिन्छ ।

गत पुसमा सार्वजनिक गायक थापाको गीत ‘दुश्मन हेरेको हेरै’लाई पनि हालसम्म युट्युबमा १० करोड ७३ लाखभन्दा बढीपटक हेरिएको छ । यही असार पहिलो साता उक्त गीतको ‘भ्यूज’ १० करोड नाघ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत गायक तथा सर्जक थापालाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका छन् ।

युट्युब ट्रेन्डिङको पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङमासमेत परिसकेको उक्त गीतको सफलताले भावुक हुनुका साथै खुसी भएको गायक थापाले बताए । ‘भगवानरूपी दर्शक÷स्रोताले दिनुभएको यो सम्मान केबल भ्यूजको सङ्ख्या होइन, यो सपना पूरा भएको क्षण हो,’– उनले भने ।

उक्त गीतको सफलतापछि आफ्नो साङ्गीतिक यात्राले नयाँ मोड लिएको गायक थापाको भनाइ छ । पछिल्लो गीत ‘जाने भए जाम माया’ले पाएको चर्चा र सफलताको श्रेय पनि दर्शक÷स्रोतालाई जाने बताउँदै उनले आगामी दिनमा यस्ता रचनात्मक क्रियाकलापलाई निरन्तरता दिने उल्लेख गरे ।

एकपछि अर्को सफल गीत सृजना गर्दै आएका गायक थापाको पछिल्लो समय देशविदेशका साङ्गीतिक कार्यक्रम र मेला–महोत्सवमा माग बढ्दो छ । ‘दुश्मन हेरैको हेरै गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ,’ उनले भने, ‘कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यस्तताका कारण समय दिन सकिरहेको छैन, अहिले नयाँ गीत रेकर्डिङमा लागिरहेको छु ।’

उनका अनुसार देशविदेशका मेला–महोत्सवसँगै युट्युबबाट पनि कमाइ भइरहेको छ । ‘दुर्गेश थापा’ युट्युब च्यानलमा सस्क्राइबरको सङ्ख्या १० लाख बढी पुगेको छ । ‘दुश्मन हेरेको हेरै’मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् । गीतको सङ्गीत संयोजन पनि उनले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा उनीसहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतको अभिनय छ । सयौँ गीतमा स्वर र म्युजिक भिडियोमा अभिनय गरेका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा’ लगायत गीत चर्चित छन् । उनले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् ।