५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन नगर्ने सहमति पछि फणिराज पाठक रिहा



अ+ अ-

काठमाडौं। सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएको विषयमा प्रहरीको छलफलपछि फणिराज पाठकलाई रिहा गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहाराका अनुसार, पाठकले अबदेखि सो सम्बोधन प्रयोग नगर्ने लिखित कागज गरेपछि शुक्रबार साँझ उनलाई परिवारको जिम्मा दिइएको हो।

संविधानले नचिन्ने ढंगको राजसंवन्धी सम्बोधन प्रयोग गरी सामाजिक सञ्जालमा पोस्ट र प्रेस विज्ञप्ति सार्वजनिक गरेको आरोपमा पाठकलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिएको थियो।

दिनभर सोधपुछपछि राति उनलाई रिहा गरिएको हो।